महेश बस्नेतको व्यंग्य : अर्थ नामका अनर्थमन्त्री, जनार्दन नामका धनार्दन !

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन्।मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन्।‘प्रधानमन्त्रीलाई धन्यवाद, कमरेड प्रचण्ड, माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद। गृहमन्त्री ज्यूलाई पनि धन्यवाद, छानबिन समितिलाई पनि धन्यवाद, मेटाएको

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो : प्रेम आले

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गरेका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किरातीले लुकाएको...

सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनु र ‘भैंसीको अगाडि बाँसुरी बजाउनु’ उस्तै भएको व्यंग्य गरेका छन्। उनले वर्तमान सरकारलाई सुझाव दिए पनि सरकारले नसुन्ने भएकाले त्यसको कुनै अर्थ नरहेको भन्दै यस्तो व्यंग्य गरेका हुन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दि

यो वर्ष जनार्दन, राजापाक्ष र शेख बन्दै मनोज

काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई यो पटक नेपाली दर्शकले तीनवटा नयाँ क्यारेक्टरमा देख्न पाउने भएका छन् । गाइजात्राको अवसर पारेर तीन पात्रमार्फत गजुरेलले सम्बन्धित व्यक्ति तथा सरोकारवाला पक्षलाई व्यंग्य गर्ने छन् ।   तीनवटा पात्रमध्ये एउटा हो, अर्थमन्त्री जनार्दन शर्माको क्यारेक्टर । बजेट भाषणको अघिल्लो दिनको रात अर्थ मन्त्रालयमा बाह्य व्यक्तिलाई...

बार्दली र ढुकुटीमाथि बस्ने ‘बा र छोरा’लाई बाँधेर राखाैँ : गजेन्द्र महत (भिडियाे)

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले गभर्नर महाप्रसाद अधिकारीमाथि कटाक्ष गरेका छन्। एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएपछि उनले गभर्नर अधिकारी र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरेको हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘‘सभामुख महोदय, मलाई शंका लागिरहेको थियो। एकजना बार्दलीमा बसेर यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए, एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए। यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको

गगनको व्यंग्य : मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि व्यंग्य गरेका छन् । एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा छ । यो विषय बुधबार संसदमा समेत उठेको छ । माओवादी केन्द्रका सांसद रेखा शर्माले गभर्नर कुनै दलको विभागमा बस्न नपाइने […]

सभामुखद्वारा अर्थमन्त्री बिरामी भएको जानकारी, भीम रावलको व्यंग्य

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथि जारी छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएको विषयले चर्चा पाएको छ । अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्न र बजेटको विषयगत छलफलमा आफ्ना धारणा राख्न रोष्टममा उभिएका नेकपा एमालेका सांसद भीम रावलले अर्थमन्त्री अनुपस्थित भएकोबारे प्रश्न उठाए । रावलले प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री बिरामी भएको […]

चुनाव ? बालै भएन

हामी जति जति आधुनिककालतर्फ अघि बढ्दै जान्छौं, त्यति त्यति पुराना कुरा राम्रा ठान्छौं । ‘वल्ड इज गोल्ड’ अर्थात् पुराना सबै राम्रा, नयाँ चैं नराम्रा । बन्नुपर्ने आधुनिक, भन्नुपर्ने प्राचीन । त्यसैले त धेरैले भन्छन्– पुरानो युग राम्रो, पुराना सामान राम्रा । पुरानो शिक्षा, पुराना मूल्यमान्यता राम्रा । अझ पुरानो मान्छे राम्रा । पुरानो व्यवस्था राम्रो । हुँदा हुँदा पुराना नेता नै राम्रा । त्यसैले त सिन्को नभाँच्ने गफले चाहिँ आकाश–पाताल जोड्ने ३०औं वर्षदेखि पुरानै नेताको हाई हाई र हालीमुहाली छ । देशलाई नयाँ चाहिएको छ, नेता चाहिँ पुराना । मान्छे नयाँ, सोच पुरानै । हामी भन्छौं एक थोक र गर्छौं अर्कै थोक । मेरो रोजीरोटी चलेसम्म कुन दलले, कुन नेताले के के भने, के के गरे मलाई केको चासो ? बालेन भन्नुस् कि बाको लाइन लिनुस्, कि भाउजुको भागतिर लाग्नुस्, मलाई त बालै भएन ।   के साँच्चै नयाँजति सबै नराम्रै हो त ? कुनै बेला म पनि नयाँ पिढीको थिएँ । त्यतिबेला पुरानो पुस्ता ठीक छैनन् जस्तो लाग्थ्यो । अब म पनि पुरानो पिढीमा उक्लँदै छु । तर म नयाँ पिढीलाई खराब देखिरहेको छु । समय समयको कुरा हो । अरू सबै खराब, म आफू मात्र ठीक ? यो आजको वा अहिलेको कुरा होइन । राम्रो ‘म’ भनेर पढ्न सिकाएको पनि उहिलेदेखि नै हो क्यार । अरू सबै बेठीक । आफू मात्र ठीक । हजारौं वर्षदेखि यै प्रवृत्ति चलिरहेको छ । जनता एकदम राम्रा । मानिसहरू एकदम असल । नेता सबै नालायक । जनता जमीनबाट उत्पत्ति भएका । नेताजति चैं आकाशबाट टप्किएका । आकाशबाट कहिले असल नेता बर्सिने हुन् थाहा छैन । हुन त केही असल नेता पनि छन् । तर यिनीहरू २–४ जना मात्र छन् । एकजनाले मेरो भतिजलाई जागीर लगाइद्याथे । अर्कोले मेरो किताब छाप्ने कुरामा सहयोग गर्‍याथे । अर्को एक नेताले त्यो किताबको विमोचन पनि गद्र्याथे । चौथोले एक ठाउँमा सस्तो प्लट जग्गा मिलाइद्याथे । पाँचौं मेरो नजिकको साथीको छिमेकी हुन् । भेट्दा के छ भनेर मसँग पनि बोल्छन्, नमस्कार फर्काउँछन् । अर्का नेता मेरा टाढाका नातेदार हुन् । अझ समाज भन्ने चीज पनि त छ । ‘एड्जस्ट’ त गर्नैपर्छ । आफ्नो धन्दा पनि चलाउनै पर्‍यो । दालभात पनि खानै पर्‍यो । अनि दालभातसँग जोडिएका नेतालगायत सबैलाई राम्रो भन्नै पर्‍यो । पात्र खराब भए पद्धति र प्रवृत्ति पनि खराब हुन्छ । तर हामी पात्र देखाएर पद्धति र पद्धति देखाएर पात्रलाई तुरुन्तै महामानव र महादानव बनाइदिहाल्छौं । भन्छन् नि समाज जस्तो हुन्छ, नेता पनि त्यस्तै हुन्छन् । जसले आफ्नो खाने बस्ने बन्दोबस्त मिलाएको हुन्छ, उसले आदर्शका कुरा गरिहिँड्छ । तर आफ्नो त आधा जीवन सिंगै बाँकी छ । आफ्नो ‘क्यारियर’ पनि सम्हाल्नु छ । कतिपय कुरा खोलेर कसरी भन्दै हिँड्न सकिन्छ र ? कसो ? हेर्नुस्, म त एक पत्रकार हुँ । अझ एक व्यंग्यकार हुँ । व्यंग्य मेरो उत्पादन हो र तपाईं पाठक, श्रोता मेरा ग्राहक । मेरो ‘चिन्ता’ तपाईंलाई मनपर्ने व्यंग्य पस्किनु मात्र हो । बाँकी कुराको मलाई के मतलव, के चासो ? तपाईंले कसलाई भोट दिनुहुन्छ, कस्ता माछेलाई जिताउनुहुन्छ, मलाई के सरोकार ? अनि तपाईं पनि वर्ष दिनभरि नेतालाई सराप्नुहुन्छ अनि चुनावका दिन उसैलाई भोट हाली हाल्नुहुन्छ । तर, मेरो रोजीरोटी चलेसम्म कुन दलले, कुन नेताले के के भने, के के गरे मलाई केको चासो ? बालेन भन्नुस् कि बाको लाइन लिनुस्, कि भाउजुको भागतिर लाग्नुस्, मलाई त बालै भएन । कसले शहर बिगारे, कसले सजायो, कसले अर्थतन्त्र वा देशका लागि काम गर्‍यो, कसले गरेन भन्ने पनि मलाई थाहा भएन । चुनावका बेला मात्र खुट्टा ढोग्न आउनेलाई भाउ दिने, अनि वर्षभरि उसलाई कमाउने दाउ दिने, अनि गरेन, भएन पनि भनी हिँड्ने ? यो हाम्रो पनि तालै भएन । देशमाथि ऋणको भारी छ । तर बिदामाथि बिदा जारी छ । विकास सुस्त, बिदा चाहिँ कुस्त ? कामविनै माम पाक्छ र त आयल निगम भन्नुस् वा वायुसेवा निगम घाटामा छन्, कर्मचारी भने नाफै नाफामा । कसले भरतपुर वा धनगढीमा गएर के बोल्यो वा के बोलेन, त्यसको पनि अर्थ खोज्ने मेरो काम होइन । कसले मतदातालाई फकायो वा कसले धम्क्यायो, कसले मेयर, उपमेयरका उम्मेदवारलाई खसालेर बोल्यो वा कसले गधालाई छतमा चढायो यो पनि मेरो सरोकारको कुरो रहेन । ककसले जनताको स्वास्थ्य बर्बाद गरिरहेका छन्, ककसले देशमा न्याय बर्बाद गरिरहेका छन् । ककसले ज्ञान बर्बाद गरिरहेका छन्, ककसले सूचना बर्बाद गरिरहेका छन् । ककसले नैतिकता, धर्म, मूल्यमान्यतामा धावा बोलिरहेका छन् वा कसले कसले देशका अर्थव्यवस्था नै बर्बाद पारिरहेका छन्, यी सबै पनि मेरा विषयहरू होइनन् । देशमाथि ऋणको भारी छ । तर बिदामाथि बिदा जारी छ । विकास सुस्त, बिदा चाहिँ कुस्त ? कामविनै माम पाक्छ र त आयल निगम भन्नुस् वा वायुसेवा निगम घाटामा छन्, कर्मचारी भने नाफै नाफामा । कर्मचारी भर्ना लिने र थप बोनस बाँड्ने क्रम जारी छ । देशको सम्पत्ति भनेकै जसले सक्छ, उसले लिने रहेछ । त्यसैले सरकारले सकेजति जनताबाट लिएको छ, कर्मचारीले पनि सकेजति लिएकै छन् । सक्नुहुन्छ भने तपाईं पनि लिनुस् तर भोट जसलाई मन लाग्छ दिनुस् । तर मलाई भने बालै भएन क्या ! किनकि म त एक स्वतन्त्र जीव हुँ, परिवार, समाज र देशभन्दा माथि । संसारको केन्द्रबिन्दु पो हुँ म । म त गणतन्त्रवादी हुँ । म राजवादी पनि हुँ । म पूँजीवादी हुँ र साम्यवादी पनि हुँ । त्यसैले मलाई ठीक छ भने बाँकी कुराको चिन्ता मैले किन गरिरहने हो र ? अँ साँची, स्थानीय चुनावको महामेला आजै हो क्यारे । तर मलाई त बालै भएन नि । कसलाई भोट हाल्ने, कसलाई नहाल्ने । कस्तालाई जिताउने, कस्तालाई हराउने जस्ता कुरा पनि मेरा चाखका कुरै रहेनन् । बरु तपाईंलाई चाहिँ चुनाव कति लागेको छ, कुन्नि ?

नयाँ प्रवेशी कर्मचारीबाट अपेक्षा

लोकसेवा आयोगले अधिकृत तहको नतिजा सार्वजनिक गरेपछि निजामती सेवामा नयाँ समूहको प्रवेश हुन आँटेको छ । यो नियमित प्रक्रिया भए पनि अहिले नाम निकाल्नेहरूलाई लिएर अनेक कामना र व्यंग्य गर्दै टीकाटिप्पणीसमेत गरेको पाइन्छ । चाहेमा यो नयाँ समूहले नेपालको प्रशासनिक क्षेत्रमा केही समयमा नै देखिने गरी परिवर्तन ल्याउन सक्छ । तर, यसका लागि कुनै तयारी छ त ? सरकारी कर्मचारीमा मैले पाउने पारिश्रमिक जनताले तिरेको कर हो र त्यसप्रति म इमानदार बन्नुपर्छ भन्ने सोच आउनुपर्छ । राजनीतिक नेतृत्वले पनि कर्मचारीतन्त्रलाई एउटा संस्थाका रूपमा विकास हुन दिनुपर्छ । निजामती सेवामा प्रवेश गर्नुका पछाडि सेवाको स्थायित्व र भविष्यको सुरक्षा प्रमुख कारण रहेको हुन्छ । निजामती सेवामा उत्कृष्ट प्रतिभाहरूको आकर्षण नभएको र चिकित्सा इन्जिनीयरिङ क्षेत्रबाट तिरस्कृत प्रतिभाहरूका लागि प्रमुख आकर्षण भएको एकथरीको विश्लेषण भइरहेका सन्दर्भमा अहिले लोकसेवा उत्तीर्ण गरेका युवा कस्तो शैक्षिक पृष्ठभूमिका भएका हुन् भन्नेले पनि धेरै अर्थ राख्न सक्छ । नेपालको प्रशासनिक क्षेत्रमा उच्च क्षमतावान् व्यक्तिहरूको प्रवेश कम हुने गरेकै कारण बाह्य मुलुकका प्रतिनिधिसँग बार्गेनिङ गर्ने क्षमता तुलनात्मक रूपमा कमजोर रहेको समेत बताइन्छ । यस्तोमा नयाँ युवाहरूले आफूलाई माझेर र खारेर प्रशासनिक व्यक्तित्वमा रूपमा उभ्याउन सक्नुपर्छ । नेपालमा पूँजीगत खर्च हुन नसक्नुमा पनि सरकारी कर्मचारीहरूको क्षमताकै प्रश्न उठ्ने गरेको छ । प्रश्न क्षमताको मात्र नभएर नियतको पनि हो भन्ने कुरा आर्थिक वर्षको अन्त्यमा हतारहतार जति पनि खर्च गर्न सक्ने तर अरू बेला विकास खर्च नहुने तथ्यले उजागर गरेको छ । नेपालको विकास प्रशासनको यो ठूलो कमजोरी हो । नयाँ समूहबाट यस्तो नहोस् भन्ने अपेक्षा धेरैसँग रहेको छ । सरकारी कर्मचारी भएपछि भ्रष्टाचारी नै हुन्छन् भन्ने आम मानसिकता पाइन्छ । यद्यपि इमानदार र योग्य प्रशासकहरू प्रशस्त नभएका भने होइनन् । त्यही भएर अहिले सरकारी कर्मचारीहरूलाई शुरूमै सम्पत्ति विवरण दिन लगाउनुपर्नेजस्ता आवाज पनि उठेको पाइन्छ । भ्रष्टाचार हुने आशंका भएका कार्यालयमा कर्मचारीलाई विशेष सुविधा दिने गरिएको छ तर पनि भ्रष्टाचार रोकिएको छैन । सरकारी सेवामा प्रवेश गर्न लागेको यो नयाँ पुस्तामा जिम्मेवारी उत्तरदायित्व बोध गराउन सकियो भने यो प्रवृत्तिमा कमी ल्याउन सकिन्छ । अर्थतन्त्रको पहिलो चरणको सुधारमा अर्थतन्त्रका धेरै क्षेत्रमा निजीक्षेत्रलाई प्रवेश खुला गरियो । तर, त्यो बेला खालि आर्थिक क्षेत्रका सुधारका मात्रै कुरा गरियो । विकास निर्माणसँग सम्बन्ध राख्ने कर्मचारीतन्त्र र शिक्षाक्षेत्रमा पर्याप्त सुधार गरिएन । अब दोस्रो चरणको सुधारमा यी पक्षलाई प्राथमिकता दिइनुपर्छ । त्यसका लागि बलिया संयन्त्र बनाइनुपर्छ र प्रशासनमा पनि सुधार गरिनुपर्छ । प्रशासनिक सुधारमा नयाँ प्रवेश गरेका कर्मचारीलाई त्यसैअनुसार जिम्मेवारी दिन सकियो भने नेपालको प्रशासनिक संयन्त्र प्रक्रियामुखी मात्र नभएर परिणाममुखी पनि बन्ने अपेक्षा गर्न सकिन्छ । सरकारी कर्मचारीमा मैले पाउने पारिश्रमिक जनताले तिरेको कर हो र त्यसप्रति म इमानदार बन्नुपर्छ भन्ने सोच आउनुपर्छ । राजनीतिक नेतृत्वले पनि कर्मचारीतन्त्रलाई एउटा संस्थाका रूपमा विकास हुन दिनुपर्छ । यस्तो नहुँदा कर्मचारीहरू राजनीतिक कित्ताकाँटमा बाँडिने र सिंगै प्रशासनिक संयन्त्र राजनीतिको शिकार हुने अवस्था आउन सक्छ । त्यसैले प्रशासनमा पस्न लागेको यो समूहले मुलुकमा विद्यमान कानूनी व्यवस्था र प्रशासनिक प्रक्रियालाई विधिसंगत ढंगले पालना गर्नु जरुरी छ । राजनीतिक नेतृत्व फेरिइरहे पनि प्रशासनिक संयन्त्र स्थायी सरकार भएकाले यसले विधि र मर्यादालाई कायम राखेमा नेपालको सरकारी प्रशासन मुलुक र जनताप्रति उत्तरदायी बन्न सक्ने देखिन्छ । सरकारी जागीर भन्नेबित्तिकै आरामको जिन्दगी भन्ने सोच आममानिसमा छ । सेवासुविधा र स्थायित्वका हिसाबले यो सही पनि हो । तर, कर्मचारी भन्नेबित्तिकै भ्रष्टाचारी नै हुन्छन् भन्ने आम नागरिकको सोचाइमा परिवर्तन आउने गरी नयाँ पुस्ताले काम गर्न पाओस् र सकोस् ।

‘कलाकारलाई दर्शकले चिन्छन्, हामीलाई कलाकारले चिन्छन्’

काठमाडौं : लक्ष्य भेट्न संघर्षपूर्ण यात्रामा हिँडेको एउटा व्यक्तिका लागि अवसरले निकै अर्थ राख्छ। अवसरजस्तै उत्प्रेरणा पनि मानिसलाई सफलताको सिँढी चढाउन सघाउने संवाहक हो।अवसर या उत्प्रेरणा मूर्त/अमूर्त कुराहरू हुन्‌। यी पेट भर्ने चिज पनि होइनन्‌। तर, आत्मालाई भने निकै भरिपूर्ण बनाइदिन्छन्‌। व्यक्ति र परिवारकै सुख-दुःखलाई निर्धारण गरिदिन्छन्‌।तर, परिवारले राखेभन्दा फरक लक्ष्य भेट्ने लगाव बढेपछि साथ र सहयोगको अभाव सदैव खट्किरहन्छ। त्यसमाथि

सरिता गिरीलाई दीपकको व्यंग्य: जो आफैँ उल्टो बगेको छ उसबाट सुल्टो आश नगरौँ

कलाकार दीपकराज गिरीले कालापानीबारे दिएको अभिव्यक्तिले विवादमा तानिएकी जनता समाजवादी पार्टीका सांसद सरिता गिरीलाई व्यंग्य गरेका छन्। सरिता गिरीलाई नदीको संज्ञा दिँदै दीपकले उल्टो बगेको नदीबाट सुल्टो आश गर्न आह्वान गरेका छन्। ‘सरिताको शाब्दिक अर्थ नदी हो। सबै नदीहरू नेपाल हुँदै भारततिर बग्ने गर्दछ। तर, हामी कहाँ एउटा यस्तो