आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते

काठमाडाैँ- काठमाडाैँकाे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा तीनजना विद्यार्थी नेता घाइते भएका हुन्। अखिल निकट विद्यार्थीहरूबीच संगठनकाे अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद सुरु भएकाे थियाे। विवादले उग्ररूप लिएपछि खुकुरी हानाहान भएकाे प्रहरीले जनाएकाे छ।    

सम्बन्धित सामग्री

खुकुरी प्रहार गर्ने आरआर क्याम्पसका तीन विद्यार्थी निष्कासन

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

खुकुरी प्रहार गर्ने आरआरका ३ जना विद्यार्थी क्याम्पसबाट निष्कासन

काठमाडौं । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर