एनआईसी एशिया बैंकद्वारा १० लाख बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना’ अन्तर्गत बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत ‘डायमण्ड श्रेणी’मा खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा दाबी भुक्तानी गरिएको बताइएको छ । ‘खातावालको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमाबापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकका अनुसार हालसम्म ९३८ जना ग्राहकले घातक रोग बीमाबापतको १ करोड ८० लाख, दुर्घटना बीमाबापतको ३ करोड र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।