भवन निर्माणकाे मापदण्ड संशोधन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेको छ । शहरी विकास मन्त्रालयले संशोधन गरेको मापदण्ड अनुसार शहरी क्षेत्रमा अब यस अघिको मापदण्ड भन्दा दोब्बर अग्ला घर तथा भवनहरू बनाउन पाइने छ भने सँधियारतर्फ पनि कम खाली ठाउँ छाडे पुग्ने छ । संशोधित मापदण्ड अनुसार फ्लोर एरिया रेसियो ४ दशमलव ५ […]

सम्बन्धित सामग्री

खुला क्षेत्र घटाउने मापदण्ड संशोधन गर्न संसदीय निर्देशन

बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड पुनः संशोधन गर्न प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । बिनातयारी काठमाडौं उपत्यकाको खुला क्षेत्र घटाउनेगरी दोस्रो पटक संशोधन गरिएको मापदण्ड पुनः संशोधन गर्न समितिले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

खुला क्षेत्र घटाएर मनपरी अग्ला भवन !

घरजग्गासम्बन्धी कारोबार गर्ने ठूला व्यवसायीको दबाबमा भवन बनाउँदा छाड्नुपर्ने खुला क्षेत्रफलसम्बन्धी मापदण्ड संशोधन गरिएको छ । भूकम्पीय दृष्टिले जोखिम र व्यवस्थित बस्ती विकासको मर्मविपरीत सहरी विकास मन्त्रालयले भवन बनाउँदा खाली छाड्नुपर्ने क्षेत्रफल घटाउने र कम जग्गामा अग्ला भवन बनाउन मिल्ने गरी मापदण्ड संशोधन गरेको हो ।

खुला क्षेत्र घटाउने, अग्ला भवन बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा

भवन बनाउँदा छाड्नुपर्ने खुला क्षेत्रफलसम्बन्धी मापदण्ड संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको छ । भूकम्पीय दृष्टिले जोखिम र व्यवस्थित बस्ती विकासको मर्मविपरीत सहरी विकास मन्त्रालयले भवन बनाउँदा खाली छोड्नुपर्ने क्षेत्रफल घटाउने र कम जग्गामा पनि झन् फराकिला/अग्ला भवन बनाउन पाउने गरी मापदण्ड संशोधन गर्न लागेको हो । घरजग्गासम्बन्धी कारोबार गर्ने ठूला व्यवसायीको दबाबमा मन्त्रालयले मापदण्ड संशोधन प्रस्ताव मन्त्रिपरिषद् पुर्‍याएको हो ।

खुला क्षेत्र घटाउन र अग्ला भवन बनाउन मापदण्ड संशोधन

भूकम्पीय दृष्टिले जोखिम र व्यवस्थित बस्ती विकासको मर्मविपरीत घर बनाउँदा खुला क्षेत्रफल घटाउने र अग्ला भवन बढाउन पाउने गरी सरकारले मापदण्ड संशोधन गर्न लागेको छ ।