काठमाडौँ- दल विभाजन सम्बन्धी ल्याइएको अध्यादेशको विरोधका कारण अहिले प्रदर्शनीमार्ग तनावग्रस्त बनेको छ। नेकपा एमालेका केपी ओली पक्षका विधार्थी संगठनले प्रदर्शन गरेका हुन्। उनिहरुले प्रहरीमाथी ढुंगा र इट्टा प्रहार गरेका छन्। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेको छ। एमाले फुट्ने भएपछि केपी ओली समूहका विधार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।