चुलाचुली–२ का वडा सदस्यको दिनचर्या : बिहान बेलुका कृषिमा, दिउँसो जनताको काममा

फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त हुन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् ।  दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनमा विगत ४ वर्षदेखि ड्रागन फल खेती गरिरहेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रूपमा आफूलाई समर्पित गराउँदै आएका छन् ।  चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती शुरु गरेका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उनको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादनसमेत दिन थालेका छन् ।  उनले ‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु दुई लाखको लगानीमा ड्रागन फलको खेती शुरु गरेका हुन् । उनलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर, अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै विक्री हुन थालेपछि उनी हर्षित छन् । उनले फलका अतिरिक्त बिरुवा उत्पादनको कामसमेत गर्दै आइरहेका छन् । उनले यो वर्ष मात्र रु दुई लाख १० हजार आम्दानी गरेका छन् । फल विक्री गरेर रु एक लाख ३० हजार र बिरुवा विक्री गरेर रु ८० हजार आम्दानी गरेको उनले बताए ।   ‘जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानीसमेत राम्रै हुँदो रहेछ,’ लिम्बूले भने, ‘वार्षिक रूपमा रु दुई लाखभन्दा बढी आम्दानी हुने रहेछ । यसैले नानीहरू पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छ ।’  उनले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्रजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोपेका थिए । उनले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताए । ‘युवामा पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । आफै लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ । यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती शुरु गरेको हुँ,’ उनले भने ।  लिम्बूले उत्पादन गरेको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै विक्री गरेको छ । सरदरमा प्रतिकेजी रु चार सयदेखि पाँच सयमा विक्री हुने उनले बताए । बिरुवा भने स्थानीय स्तरमा नै विक्री हुने गरेको छ । बिरुवा पनि प्रतिगोटा रु दुई सय ५० सम्ममा विक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।  ड्रागन फुड फूल फुलेको ३०औं दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०÷१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रूपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुड रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।  जग्गामा ड्राङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फुड पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ ।  ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरूको निष्कर्ष छ । रासस

सम्बन्धित सामग्री

नेपालगञ्ज र कोहलपुरका विद्यालय बिहान सञ्चालन हुने

नेपालगञ्ज – नेपालगञ्ज र कोहलपुरका विद्यालय बिहान सञ्चालन हुने भएका छन्। अत्याधिक गर्मीका कारण दश दिन बन्द भएका स्कूल अब बिहान सञ्चालन हुने भएका हुन्। नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले बिहान स्कूल सञ्चालन गर्न निर्देशन दिएको छ। उपमहानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत लोकेन्द्र शाहीले जेठ ३१ गतेसम्म बिदा रहेका विद्यालयलाई ३२ गतेदेखि बिहान सञ्चालन गर्न आग्रह […]

बिहान उठ्नासाथ के गर्ने ?

काठमाडौं । बिहानको सुरुवात राम्रो भए दिनभर नै शरीर चुस्त र फूर्तिलो हुन्छ भनिन्छ । त्यसैले बिहान उठेपछि के गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ । व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा […]

बिहान सबेरै उठ्न गाह्रो भएको छ भने यी विधि अपनाउनुहोस्

एजेन्सी, १४ मंसिर । बिहान सबेरै उठ्दा शरीरमा दिनभरको ऊर्जा भरिन्छ । हामी वरपर धेरै मानिसहरु छन् जो बिहान उठ्न चाहन्छन् तर कुनै न कुनै कारणले आफ्नो इच्छा पूरा गर्न सक्दैनन्। बिहान चाँडो नउठ्नुको सबैभन्दा ठूलो कारण आलस्य हो,जसले हामीलाई चाँडो उठ्नबाट रोक्छ । जाडो मौसममा बिहान सबेरै उठ्नु ठूलो चुनौतीभन्दा कम हुँदैन । यो […]

बिहान उठेपछि अनिवार्य गर्नुस् यी काम

बिहान छिटो उठ्नु राम्रो स्वास्थ्यको गुरुमन्त्र हो । तर बिहान उठ्नेबित्तिकै के गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।  बिहान उठ्नेबित्तिकै काममा जोतिन थाल्दा दिनभरि थकान र छटपटी हुन्छ । यसले दिन बिगार्ने मात्र नभई अनेकथरी रोग पनि निम्त्याउँछ ।  यहाँ हामी बिहान उठ्नेबित्तिकै गर्नुपर्ने कामको बारेमा बताउनेछौं ।  मुख धुने बिहान उठ्नेबित्तिकै पहिला सादा पानीले मुख धुनुस् । दिनको राम्रो शुरूआतका लागि अनुहार धुने र दाँत माझ्ने काम उपयुक्त हुन्छ । खाली पेटमा पानी बिहान उठेपछि खाली पेटमा पानी पिउँदा ...

बिहान उठेर यसो गर्नुहोस्

भनिन्छ दिनको संकेत विहानले देखाउँछ । त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने उल्लेख छ ।

कब्जियतबाट छुटकारा पाउन हरेक बिहान के खाने ?

कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै जीवनशैलीका कारण कब्जियतको समस्या हुने गर्छन् । त्यसैले हरेक बिहान के खाने त ? कागती पानीकागतीले शरीरमा भएको बिकार तत्वलाई बाहिर फाल्ने काम गर्छ । कहिलेकाँही कब्जियतको समस्या भएमा एक गिलास तातोपानीमा एउटा कागतीको रस मिसाएर त्यसमा एक चम्चा मह हाल्ने र पिउने गर्दा कब्जियतको समस्या कम हुँदै जान्

बिहान उठ्ने वितिकै गर्नुस् यी काम

भनिन्छ दिनको संकेत बिहानले देखाउँछ । त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ । दिनभरको काम शुभ बनाउन बिहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ ।

साल्ट ट्रेडिङकाे छुट बिहान मात्र

काठमाण्डाै – सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रवारदेखि सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाण्डाै जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजे...

साल्ट ट्रेडिङको छुट बिहान मात्र

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान ७ द

बिहान उठ्नेबित्तिकै यस्ता काम नगरौँ

बिहान उठ्नेबित्तिकै के गर्नुहुन्छ । एकैछिन विचार गर्नुस् त । धेरैजसो व्यक्ति आफ्नो नियमित चार्टअनुसार नै ‘बिहान वर्कआउट’ गर्छन् । तर, कतिपय अवस्थामा थाहा नै नहुने गरी स्वास्थ्यमा हानि हुने काम पनि गरिरहेको...