भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी

सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट एक–एक गोल भएपछि ट्राइबेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा भारतका लागि …