अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लबको सम्मान

काठमाडौं । जोन्टा क्लब काठमाडौंले ‘अन्तरराष्ट्रिय महिला दिवस र एलो रोज डे’को अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई आइतवार सम्मान गरिएकोे संस्थाले जानकारी दिएको छ । संस्थाकी अध्यक्ष आभा शाहले समाजमा परिवर्तन ल्याउन योगदान दिने महिलालाई संस्थाले हरेक वर्ष अन्तरराष्ट्रिय महिला दिवस र एलो रोज डेको अवसरमा सम्मान गर्दै आएको र यस वर्ष पनि १२ महिलालाई विभिन्न अवार्डद्वारा सम्मान गरिएको बताइन् । संस्थाले यस वर्षको ‘राजकुमारी हेलेन शाह इन्स्पिरेशनल अवार्ड’ मीरा राईलाई प्रदान गरेको छ । त्यस्तै मुस्कान खातुनलाई ‘अमर राणा गेम चेन्जर अवार्ड’, सुष्मा तामाङ र सोनिका ढकाललाई ‘रत्नादेवी ओमेन इन स्पोटर््स अवार्ड’, विभूषा पाठक र समीक्षा खड्कालाई ‘ज्योति छात्रवृत्ति अवार्ड’ प्रदान गरेको छ । अञ्जनी पोखरेल र कलविना श्रेष्ठले ‘इन्द्रकला छात्रवृत्ति अवार्ड’ पाएका  छन् । यस्तै ‘अन्सङ हिरोज अवार्ड’बाट सीता सुवेदी, निशा चौलागाईं, सुनिरा रेग्मी र पिंकी शितल गुरुङ सम्मानित भएका छन् । संस्थाले लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रपत्रिकाका व्यवस्थापक, सम्पादक तथा पत्रकारलाई पनि सम्मान गरेको छ, जसअनुसार न्यू बिजनेश एजका प्रधान सम्पादक मदन लम्साल, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, अन्नपूर्णका प्रधानसम्पादक अखण्ड भण्डारी लगायत १५ जना सम्मानित भएका छन् ।

सम्बन्धित सामग्री

जोन्टा क्लबद्वारा आफ्नो क्षेत्रमा अविष्मरणीय छाप छोडेका महिला सम्मानित

जोन्टा क्लब काठमाडौंले आफ्नो क्षेत्रमा अविष्मरणीय छाप छोडेका विभिन्न क्षेत्रका महिलाहरूलाई सम्मान गरेको छ। ‘अन्तर्राष्ट्रिय महिला दिवस’ तथा ‘पहेँलो गुलाब दिवस’को अवसरमा आयोजित एक कार्यक्रमबीच विभिन्न क्षेत्रका महिलाहरुलाई पुरस्कारसहित सम्मान...

जोन्टाद्धारा साहसी महिलाहरुलाई सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ । प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयरबाट यस पटक सुश्री प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङ सम्मानित हुनुभएको छ । यसैगरी, अमर राना गेम चेन्जर अवार्डबाट क्याप्टेन प्रिया अधिकारी, पुरस्कृत हुँदा कोभिड हिरोहरुका लागि रत्न देवी […]

जोन्टा क्लब अफ काठमाडौँद्वारा महिलाहरू सम्मानित

काठमाडौँः अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते ‘प्रेरणादायक र साहसी महिला’हरूलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो । उक्त […]

जोन्टा क्लबको ‘एलो रोज डे २०२२’

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलालाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘एलो रोज डे’ मनाएको छ।...

प्रेरणादायक र साहसी महिलाहरु सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ ।

जोन्टा क्लबद्वारा प्रेरणादायक महिलाहरु सम्मानित

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका १४ जना महिलाहरुलाई सम्मानित गरिएको थियो । महिला सशक्तीकरणका पात्रहरूलाई सम्मान गर्दा सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई प्रेरणा मिल्ने आयोजक जोन्टा क्लबले जनाएको छ । कार्यक्रममा नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड व्यञ्जन, स्टार हस्पिटल, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।प्रिन्सेस

जोन्टा क्लब अफ काठमाडौंद्वारा महिला सम्मान

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ । विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त अवार्ड समारोह नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, टोनी एण्ड गाइर गोल्छा ग्रुपको सहयोगमा सोल्टी […]

जोन्टा क्लब अफ काठमाडौंले यलो रोज डे मनायो, १२ जना प्रेरणादायी महिलालाई सम्मान

काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले १२ जना “प्रेरणादायी र साहसी महिला” लाई सम्मान गरेको

जोन्टा क्लबले ग-यो महिलालाई सम्मान

जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ ।

जोन्टा क्लब काठमाडौंद्वारा १२ महिला सम्मानित

जोन्टा क्लब काठमाडौंले अन्तर्राष्ट्रिय महिला दिवस र यलो रोज डेको अवसरमा आर्थिक, सामाजिक र सांस्कृतिक उपलब्धिहरूको क्षेत्रमा काम गर्ने १२ महिलालाई सम्मान गरेको छ ।