चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् ।पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ । पार्टी घोषणा सभामा बोल्दै लामिछानेले उनको दलले अब सुशासनको घण्टी बजाउने बताए । आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने र आजै पार्टीको कार्यालय उद्घाटन गर्ने बताए । २१ जनाको टिम रहेको सो दलको आजै बैठक ब