देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खाेज्नेकाे अवस्था एमालेकाे जस्तै हुन्छ : मन्त्री बडू

बाँके – कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताउनुभएको छ ।  सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १ ६ औँ वार्षिक साधारण सभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई आज बुधवार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताउनुभयो । देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले एमाले समय अगाडि नै&nbs...