कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

कोरोना संक्रमण जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेसीसहरका विद्यालय बन्द हुन थालेका छन् । जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत विद्यार्थीमा रुघाखोकी तथा ज्वरोको संक्रमण देखिएपछि विद्यालयहरू बन्द हुन थालेका हुन् ।लमजुङमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो रहेको र संक्रमितमध्ये अधिकाँश बालबालिका रहेको अस्पतालले जनाएको छ । अधिकांश विद्यार्थीमा रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि सदरमुकाम […]

सम्बन्धित सामग्री

ओमिक्रोनकाे सवभेरियन्टबाट जोगिन चीनको सियान सहरमा फेरि लकडाउन

कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका  हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए ।  आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।सिय

भारतमा सोमबारबाट शैक्षिक संस्था खुल्दै

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड संक्रमण बढेपछि बन्द गरिएका सम्पूर्ण बिद्यालय र कलेजहरु आगामी सोमबारदेखि खुल्ने भएका छन् । भारतीय प्रकोप व्यवस्थापन विभागको शुक्रबार बसेको बैठकमा विद्यालय, कलेज र शैक्षिक संस्था खुल्ने निर्णय भएको हो । दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले खोप नलगाएका विद्यार्थीले कक्षामा प्रवेश गर्न नपाउने जानकारी दिनुभएको छ । यीबाहेक नयाँ […]

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द

बैतडी : कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार बैतडीमा माघ मसान्तसम्म भीडभाड हुने क्रियाकलापमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। कार्यालयले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहहरूलाई पत्र लेख्दै कोभिड संकट व्यवस्थापन समन्व

विद्यालयको पठनपाठन–मेलामहोत्सवमा रोक

गुल्मी । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसीसी) गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर, जिल्लाको परिस्थतिअनुसार डीसीएमसीसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी […]

गौशाला नगरपालिकाले संघीय सरकारको निर्देशन नमान्ने

महोत्तरी– महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ । कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ । संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि […]

गण्डकी प्रदेशमा स्मार्ट लकडाउन कार्यान्वय गर्ने तयारी

गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । नेपाल सरकारको निर्देशनमा शिक्षा मन्त्रालयले कोरोना महामारीको जोखिम बढेको भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पनि कडाइका साथ स्मार्ट लकडाउनको प्रक्रिया अवलम्बन गर्ने भएको हो ।  सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समितिको बैठकले ‘कोभिड संक्रमण कार्यविधि २०७८ कार्यान्वयन’लाई थ

पुस २७ देखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय, परीक्षा के हुन्छ ?

शिक्षा मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । हालैका दिनहरूमा कोभिड-१९ को संक्रमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हने गरी यही २०७८ पौष २७ गते देखि २०७८ माघ १५सम्म विदा दिने निर्णय मन्त्रालयले गरेको हो । विदाको उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत् खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाईदिनुहुन सबै अभिभावकहरूमा मन्त्रालयले अनुरोध गरेको छ । विदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा वसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रवन्ध गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयको आज बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार नै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सीसीएमसीको आइतबार बसेको बैठकले कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोहि अनुसार मन्त्रालयले आज यसबारे सूचना जारी गरेको हो । सीसीएमसीले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ सम्म विदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् सूचना जारी गर्न सिफारिश गर्ने । विदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समुहका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्ने । यस कार्यमा प्रदेश सरकारहरुले सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झै आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् अनुरोध गर्ने निर्णय गरेको थियो ।त्यस्तै सीसीएमसीले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा वसाई व्यवस्था गरी संञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दूरीको प्रावधान कडाईका साथ परीपालना गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गर्ने निर्णय गरेको थियो।शिक्षा मन्त्रालयको आज बैठकले सीसीएमसीको सिफारिसलाई कार्यन्वयनमा लैजाने निर्णय गरेको हो ।

दिल्लीमा कोभिड संक्रमण बढ्यो, विद्यालय र क्याम्पस बन्द

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ । यद्यपि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको संख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताउनुभएको छ ।

मनाङमा त्रिपाल टाँगेर पठनपाठन सुुरु गरिने

हिमाली जिल्ला मनाङको तालस्थित भानु माध्यमिक विद्यालयले त्रिपाल टाँगेर पठनपाठन सुरु गर्ने तयारी गरेको छ । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय पुरिएपछि नासोङ गाउँपालिका–१ तालस्थित सो विद्यालयमा त्रिपाल टाँगेर पठनपाठन सुरु गर्न लागिएको विद्यालयले जनाएको हो ।लामो समय कोभिड संक्रमण जोखिमका कारण विद्यालय बन्द रहेको र सोहीबीचमा मस्र्याङ्दी नदीमा आएको बाढीले […]

कक्षा १२ का पौने चार लाख विद्यार्थीको भविष्यप्रति सरकार उदासीन

परीक्षाबारे शिक्षा मन्त्रालय अनिर्णीत, अन्योलमा विद्यार्थी र अभिभावक,  अनलाइनबाट परीक्षा लिन सक्ने अवस्था छैन, कोभिड संक्रमण बढे भौतिक रूपमा लिन पनि समस्या  विद्यालय तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षाका विषयमा...