नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गेका छन् । शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीद्धारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरे । जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए । कहिलेकाहीं पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरु