तनहुँको व्यास नगरपालिका–११ मुसेखोलामा आइतबार बिहानैदेखि किसानहरु चैते धान काट्न व्यस्थ देखिन्थ्ये । व्यास–१ अंम्रेनीका किसानहरूलाई पनि केही दिनयता चैते धान भित्र्याउन भ्याइनभ्याइ छ । देशभरका विभिन्न ठाउँमा असारे धान रोपाइँ सुरु भइसक्दा तनहुँका केही फाँटमा भने किसानहरूले चैते धान भित्र्याउने काम सकेका छैनन् ।