ओली र माधव नेपालबीचको छलफल सकियो, ‘सकारात्मक कुरा भयो, निष्कर्ष निस्किएन’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएकाे उपाध्यक्ष भीम रावलले. जानकारी दिनुभयो । बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय भेला स्थगित गर्न आग्रह गरे पनि नेपाल समूहले भने आफ्ना पूर्ववत् कार्यक्रम यथावत् रहने अडान राखेका छन् । माधव नेपाल पक्षले अध्यक्ष अ‍ोलीले फागुन २८ गते गरेका पदाधिकारी खारेज गर्ने र विभिन्न प्रदेश तथा सङ्...