आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । उता, काठमाडौं लगायत देशभरका विद्यालयहरुमा पनि धुमधामका साथ भानुजयन्ती मनाइएको छ ।