अजोड इन्स्योरेन्सको कर्मचारीलाई तालिम

अजोड इन्स्योरेन्स कम्पनीले आफु्ना कर्मचारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा विभिन्न शाखामा कार्यरत ५२ जना मार्केटिङ्ग कर्मचारी सहभागी भएको कम्पनीले जनाएको छ ।यस्तै कम्पनीले भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बिमा अभिकर्ता तालिमसमेत सञ्चालन गरेको छ । सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्वारा बिमाका विभिन्न पक्षको बारेमा प्रशिक्षण दिएका थिए ।