यमनको गृहयुद्धले खाडीमा त्रास : को हुन् यूएईलाई ताकेर ब्यालिस्टिक क्षेप्यास्त्र हान्ने हूती विद्रोही ?

यमनमा विगत सात वर्षदेखि चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत छैन, उल्टो यस युद्धको असर पर्सियाली खाडीमा समेत देखिन थालेको छ ।  सोमवार मात्र यमनका हूती विद्रोहीहरूले संयुक्त अरब अमिरात (यूएई) मा प्रहार गरेको दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई अमेरिकाले आकाशमै नष्ट गरिदिएको थियो । क्षेप्यास्त्र आइरहेको सूचना पाएपछि यूएईको अल–दाफरा एयरबेसमा रहेका दुई हजार अमेरिकी सैनिकहरू बंकरमा लुक्न पुगेका थिए ।  त्यसको एक साताअघि हूती विद्रोहीहरूले अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल तथा एक तेल भण्डारमा ड्रोन आक्रमण गर्...