राप्रपाका दुई सांसदलाई फसाद

पशुपति शमशेर राणाको नेतृत्वमा बन्न लागेको नयाँ पार्टीका पक्षमा निर्वाचन आयोगमा गएर आफ्नो नाम सनाखत गराएर फेरि अन्तिममा कमल थापातिर फर्केका दुई सांसद फसादमा परेका छन्। निर्वाचन आयोगले सर्वोच्चको आदेश अनुसार राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक दर्ता गरिदिए पछि राप्रपाका सांसदहरू लीला श्रेष्ठ र राजेश्वरी सिंह फसादमा परेका हुन्। अन्तिम समयमा कमल थापा नेतृत्वकै राप्रपामा फर्किए…

सम्बन्धित सामग्री

वाद र प्रतिवादमा नउत्रिन सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा वाद प्रतिवादमा नउत्रिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाका सांसदहरु एक अर्कोको भनाइप्रति प्रतिवादमा उत्रन थालेपछि सभामुख घिमिरेले सदनमा दोहोरो संवाद गर्न नदिइने बताउनुभएको हो । विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) की सांसद […]

पृथ्वीजयन्तीमा राप्रपाको चियापान भृकुटीमण्डपमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए। भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।

पृथ्वीजयन्तीमा आज राप्रपाको चियापान

काठमाडौं : पृथ्वीजयन्तीको अवसरमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन्। चियापानमा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी ओली सर्वसम्मत भएका छन्। राप्रपाका नेता पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ गराउने भएकाछन्। राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन निर्विरोध भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षाकोषमा आबद्ध हुन पाउने भएकाछन्।

पशुपति शमशेरले गराउनेछन् नवनिर्वाचित सांसदलाई सपथ

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राप्रपाका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन्। नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो। संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ पाइएका हुन्।

राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने हुनुभएको छ । राप्रपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उहाँले नै अन्य सांसदहरुलाई बिहीबार शपथ गराउने हुनुभएको हो । उमेरका हिसाबले जबरा ८० वर्षका हुनु भयो । उहाँको […]

राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

२५ मंसिर, काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् । प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् । यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय […]

कर्णाली प्रदेशसभाको चासोमा चार सांसद

सुर्खेत। कर्णाली प्रदेशसभामा एमालेले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ। एमाले प्रदेश संसदीय दलले सदन चल्न दिएपनि आफ्ना सांसदलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। फ्लोर क्रस गरेर पदमुक्त भई सर्वोच्चको आदेशबाट पुनर्वहाली भएका एमालेका चार सांसदले के गर्छन् भन्नेबारे चासो छ। प्रदेशसभामा सभामुखसहित एमालेका२०, कांग्रेस र माओवादीका१८ र राप्रपाका एक सांसद छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।नेपालको संविधानको धारा १९९ (२) अनुसार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्।कर्णालीमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। विश्वासको मत पाउन शाहीले कांग्रेस र राप्रपासँगै एमालेका एक सांसदलाई आफूतिर तान्नुपर्नेछ ।

राप्रपाका १८ सांसदलाई कारबाही गरिने :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी ह्विप उल्लंघन गर्ने १८ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। आज बिहान बसेको आकस्मिक केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।   राप्रपाले सोमवार व्यवस्थापिका संसदमा संविधान संशोधनको विपक्षमा भोट गर्न संसदहरुलाई ह्विप जारी गरेको थियो। ह्विप जारी गरिए पनि सोमवार