सहकारीका बचतकर्ताको उजुरीपछि फरार ढोरपाटनका मेयरलाई एमालेले गर्‍याे निलम्बन

पोखरा । नेकपा एमालेले फरार बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए […]