पिएम कप क्रिकेट सुदूरपश्चिम : डोटीमाथि डडेल्धुराको शानदार जित

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित हासिल गरेको छ।प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने  क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गर्‍यो। जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ ओभर १ बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। जसमा विशाल ऐर ४७ रन र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्तो प