चाडपर्व लक्षित बजार अनुगमन तीव्र

काठमाडौं– सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र पारेको छ । विभिन्न १३ वटा संयुक्त टोलीले अनुगमनलाई तीव्र पारेको हो । चाडपर्वमा दैनिक कारोबार बढ्ने हुँदा सरकारले हरेक वर्षको चाडपर्वमा संयुक्त बजार अनुगमन गर्ने गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत विभिन्न निकायको संयुक्त टोलीले दैनिक ४० देखि ५० भन्दा बढी फर्म अनुगमन हुने […]

सम्बन्धित सामग्री

दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

दैलेख । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर दैलेखमा बजार अनुगमनलाई तीव्रता दिएको छ।चाडपर्वलाई लक्षित गरेर तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो । तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी महाबु गाँउपालिका वडा नं–४ गैडावाज बजारमा अनुगमन गरिएको महाबु गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत उदयराज उपाध्यायले जानकारी दिए । चाडपर्वमा बढी सामानको माग र खपत […] The post दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

दैलेख । दैलेखमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका प्रहरी कार्यालय चुप्रा बजार लगायतको संयुक्त टोलीले डुङ्गेश्वर गाँउपालिका वडा नं–१ चुप्रा बजारमा अनुगमन गरेको हो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण […] The post दैलेखमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै सरकार, १० दिनमा १२१ व्यापारीलाई कारबाही

सरकारले दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा बजार अनुगमन तीव्र तुल्याइएको हो । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए ।वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्

सुर्खेतमा बजार अनुगमन निष्प्रभावी

सुर्खेत । चाडपर्वका बेला सुर्खेत आसपास क्षेत्रका व्यापारीले तरकारी, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र रंगरोगनका सामग्रीमा आफूखुसी भाउ बढाएका छन् । तीनै तहका सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि व्यापारीले अखाद्य वस्तु र म्याद नाघेका उपभोग्य सामग्री बिक्रीसँगै मनलाग्दी  मूल्यवृद्धि गरेको पाइएको हो । चाडपर्व नजिकिएसँगै उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि नियन्त्रणबाहिर गएको हो । कर्णाली प्रदेश मुकाम सुर्खेतसहित आसपासका क्षेत्रका सबैजसो व्यापारिक केन्द्रमा व्यापारीको मनोमानी बढेको छ । यसअघि २ सय ६० रुपैयाँ प्रतिलिटर पर्ने खानेतेलको मूल्य १० रुपैयाँ बढाइएको छ भने चामल प्रतिबोरा ३० देखि ५० रुपैयाँ बढाएर बिक्री गर्न थालिएको छ । बजारमा १ सय २० पर्ने दालमा १० रुपैयाँ बढाइएको स्थानीय हरिमाया ढकालले बताइन् । उनका अनुसार ४० देखि ५० मा बिक्री हुने तरकारीको मूल्य प्रतिकिलो ८० देखि १०० रुपैयाँ पुर्‍याइएको छ । मूल्यवृद्धिको असर आर्थिक रूपमा विपन्न र मजदुर वर्गमा बढी परेको स्थानीय अगुवा पिताम्बर ढकालले बताए । ‘कसैलाई चाडपर्वमा पनि बिहान–बेलुकाको छाक टार्न समस्या छ,’ उनले भने, ‘उनीहरूलाई चाडपर्वमा झन् सहुलियत दिनुपर्नेमा व्यापारीले मूल्य बढाइरहेका छन् ।’ कोरोना महामारीले अधिकांश विपन्नको रोजगारी गुमेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए । वैशाखयता तेल र खाद्यान्नको मूल्य प्रत्येक महिनाजसो बढिरहेको स्थानीय समाजसेवी लक्ष्मी बयकको भनाइ छ । सुर्खेतमा ५ महिनाअघि २ सय पर्ने मूल्य अहिले प्रतिप्याकेट २ सय ७० रुपैयाँ पुगेको छ । पहिले १ हजार ५ सयमा पाइने चामलको मूल्य अहिले १ हजार ६ सय रुपैयाँ पुगेको छ । ‘व्यापारीले आफूखुसी मूल्य बढाइरहेका छन्,’ उनले भनिन्, ‘तर नियमन गर्ने निकायले बजार अनुगमन गरे पनि मूल्य नियन्त्रण गर्न सकेनन् ।’ गाउँघरमा अभावको हल्ला फैलाएर व्यापारीले जथाभावी भाउ बढाउँदै लगेको गृहिणी सिर्जना रोकाय बताउँछिन् । ‘काम गर्दा दिनमा ५ सय रुपैयाँभन्दा बढी ज्याला पाइँदैन,’ उनले भनिन्, ‘महँगीका कारण त्यो ज्यालाले साँझ–बिहानको चुलो बाल्न पनि कठिन भयो ।’ यापारीलाई मूल्यवृद्धि गर्न छुट दिने सरकारले मजदुरको ज्याला बढाउन पहल नगरेको उनको गुनासो छ । तर, उत्पादक कम्पनीले नै मूल्य बढाउँदा बजारमा महँगी बढेको व्यापारीको दाबी छ  । सदरमुकाम वीरेन्द्रनगरका व्यापारी ईश्वर श्रेष्ठ कम्पनीहरूले बढी परिणामको स्टिकर टाँसेर कम परिणामको सामान पठाउने गरेको गुनासो गरे । ‘कम्पनीहरूले एक लिटरको तेल भनी ९ सयदेखि ९ सय एमएलसम्मको तेल मात्र भरेर पठाउँछन्,’ उनले भने, ‘बरु सरकारले तेल प्याकिङ गर्ने कम्पनीमा छापा मारी उद्योगीलाई कारबाही गर्न जरुरी छ ।’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जथाभावी मूल्यवृद्धि नगर्न, अखाद्य वस्तु बिक्री नगर्न र व्यापारिक मर्यादा कायम राख्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । चाडपर्वको समय उपभोक्तालाई ठगीमा पर्न नदिन बजार अनुगमनलाई तीव्रता दिइरहेको  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशमशेर रानाले दाबी गरे । उनका अनुसार अनुगमनका क्रममा दैनिकजसो ठूलो परिमाणमा म्याद गुज्रेका र अखाद्य वस्तु बरामद गरी नष्ट गर्ने गरिएको छ । ‘व्यापारीले मूल्यसूची नराखेरै व्यापार गरेको भेटियो । बजारमा उपभोक्तालाई बिल नदिने प्रवृत्ति पनि धेरै रहेछ,’ उनले भने, ‘पहिलोपल्ट कैफियत भेटिएकाले चेतावनी दिएर छाडेका छौँ ।  फेरि भेटिए कारबाही हुन्छ ।’