आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् ।  लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन ।  लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल ए...

सम्बन्धित सामग्री

सौर्य सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

२० पुस, काठमाडौं । सौर्य सिमेन्ट कम्पनीले आईपीओ जारी गर्न स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सौर्यले स्थानीय र सर्वसाधारणका लागि कुल १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न स्वीकृति  मागेको हो । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ । कम्पनीले […]

कमोडिटी एक्सचेञ्जका लागि बोर्डमा दुई निवेदन दर्ता

काठमाडौं । कमोडिटी एक्सचेञ्जको लाईसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आवेदन दर्ता गराएका छन् । आइतवार मल्टी डेरिभेटिभ एक्सचेन्ज (मेक्स) र मल्टी एसेट्स एन्ड डेरिभिटेभिज एक्सचेन्जले आवेदन दर्ता गराएको बोर्डले जानकारी दिएको हो । बोर्डले दुई कमोडिटी एक्सचेञ्जका लागि लाईसेन्स वितरण गर्ने तयारी स्वरुप चैत ३० गते १० दिनको अवधि तोकेर आवेदन माग गरेको थियो । बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर सहित कमोडिटी एक्सचेञ्जका लागि समेत लाईसेन्स वितरण गर्न लागेको हो । बोर्डले यस अघि रद्द गरेको कमोडिटी एक्सचेञ्जको लाईसेन्सका लागि पुनः आवेदन माग गरेको हो । यस अघि बोर्डले २०७६ साल वैशाखमा दुई ओटा कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि लाईसेन्स वितरण गर्ने गरी आवेदन माग गरेको थियो । सो अवधिमा ६ कम्पनीले कमोडिटी एक्सचेञ्ज सञ्चालनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका थिए । ती कम्पनीको आवेदन त्यस बेला बोर्डले रद्द गरेको थियो ।  बोर्डले यस अघि आवेदन रद्द भएका ती कम्पनीहरूले समेत पुनः आवेदन दिन सक्ने गरी लाइसेन्स खुला गरेको थियो । वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले पूर्व स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो । यस अघि आवेदन दिएका कम्पनीहरूलाई निवेदन दस्तुर नलाग्ने र तोकिएको अवधिभित्र आवेदन पेश नगरे यसअघिको निवेदन स्वतः रद्द हुने बोर्डको भनाई छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार यो बजार सञ्चालनका लागि न्यूनतम चुक्तापूँजी रू. ५० करोडले नघट्ने गरी बोर्डले समय समयमा तोके बमोजिम हुने उल्लेख छ ।

तीन जलविद्युत् कम्पनीले दिए आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन

जेठ ६, काठमाडौं । पछिल्लो समय तीन कम्पनीहरूले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएका छन् ।  माया खोला हाइड्रोपावर कम्पनी, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेका हुन् ।  माया खोला हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ३४ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति मागेको हो । वैशाख २८ गते आईपीओ निष्कासनको लागि निवेदन दिएको माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।  त्यस्तै, मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसहित कुल २२ लाख ८० हजार कित्ता आइपीओ विक्री गर्न बोर्डमा वैशाख ८ गते निवेदन दर्ता गराएको हो । मकर जीतुमाया सुरि हाइड्रोपावर कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी पनि प्रभु क्यापिटलले नै पाएको छ ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले उक्त कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा चैत २ गते निवेदन दिएको हो ।  भुगोल इनर्जी डभेलपमेन्टको आईपीओ विक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

जेठ ४, काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३४ लाख कित्ता आईपीओ निष्कास गर्नका लागि गत वैशाख २८ गते निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले सङ्खुवासभामा १४ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रवर्द्धकमा पशुपति इनर्जी डेभलपमेन्ट प्रालि रहेको छ ।

२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

जेठ ४, काठमाडौं । दुई ओटा अलग अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत २ गते निवेदन दिएको थियो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   यी दुई ओटै कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

बाराही हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

वैशाख ११, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ७ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि गत चैत १७ गते निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो  । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ र त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

फागुन २९, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि गत फागुन २० गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।  कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडलगायत ८६३ जनाभन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको उक्त कम्पनीले कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि मूल्य श्रृङखलाको अवयवहरुमा काम गर्दै आइरहेको छ । २०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पूँजी र ४० करोड रुपैयाँ जारी पूँजीसहित स्थापना भएको उक्त कम्पनीले १० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । धितोपत्र बोर्डले उक्त कम्पनीलाई अन्य समूहमा राखेको छ। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

रिभर फल्स पावरले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं, २० साउन । रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु […]

तीन ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

साउन १९, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मंगलवार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।  रिलायबल लाइफ इन्स्योरेन्सले अंकित मूल्य रू. १०० मा थप रू. ११२ प्रिमियम थपेर प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । त्यस्तै, रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता सर्वसाधारण र स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।