नेपाललाई तेस्रो सफलता, शर्मा आउट

काठमाडौं : भारतविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ। जारी एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भएका छन्। रुतुराजलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका हुन्।  यस्तै तिलक बर्मा २ रन बनाएर सोमपालको बलमा आउट हुँदा जितेश शर्मा ५ रन बनाएर पेभिलियन फर्किए। ओपनर यजस्वी जैसवालले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ८६ रन बनाएर खेलिरहेका छन्। भारत १३औँ ओभरमा तीन विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ।