त्रिविमा झन्डै ५ महिनादेखि लागेको ताला खोलियो

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा झन्डै पाँच महिनादेखि लागेको ताला खुलेको छ । नेविसङ्घले विभिन्न माग राख्दै माघ ६ गते लगाएको ताल गएको शुक्रवार खोलेको थियो भने आंशिक प्राध्यापकहरूले लगाएको ताला आज आइतवार खोलेसँगै त्रिविमा लागेको दुवै ताला खुलेको छ ।  नेविसङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसँग सहमति भएको बताएको छ भने आंशिक प्राध्यापकले लगाएको ताला खोल्न आज विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । ...