१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बङ्ग्लादेश खेल्दै

काठमाण्डाै - १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् । नेपालले तेस्राे खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ । त्यस्तै मार्च २३ मा बङ्ग्लादेशसँग खेल्ने तालिका छ । साफ च्याम्पियनसिको शीर्ष टोलीले उपाधि जित्नेछ ।  

सम्बन्धित सामग्री

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा ...

सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

विराटनगर । घरेलु मैदानमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र