विदेशमा रुचाइँदै नेपाली कुरमुरे-चिजबल, ८ महीनामा १५९ % बढ्यो निर्यात, निकासी गन्तव्य थप १३ देशमा विस्तार

काठमाडौं । विदेशमा नेपाली कुरमुरे, कुरकुरे लेज र चिजबल रुचाइएको पाइएको छ । भन्सार विभागको चालू आर्थिक वर्ष (आव)को ८ महीनाको तथ्यांकले नेपालबाट यी खानेकुराको निर्यात बढेको देखाएको छ ।  तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्म नेपालबाट ११ करोड ३८ लाख १२ हजार रुपैयाँको २ लाख ११ हजार ६९६ किलोग्राम कुरकुरे, कुरमुरे र चिजबल निर्यात भएको छ । गत वर्षको सोही अवधिमा भने नेपालबाट ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ बराबरको ८१ हजार ५५१ किलोग्राम उक्त खानेकुरा विदेश निकासी भएको थियो । गत वर्षको साेही अवधिको तुलनामा उक्त खानेकुराको निर्यात मूल्यमा १४९ प्रतिशतले र परिमाणमा १५९ प्रतिशतले बढेको छ । यो वर्षमा यी वस्तु निर्यात हुने देश पनि थपिएका छन् । गत वर्ष ७ ओटा मुलुकमा कुरमुरे, कुरकुरे लेज र चिजबल निर्यात भएकोमा यो वर्ष ती देशको संख्या २० पुगेको छ ।  नेपालबाट भुटान, इटाली, भारत, अस्ट्रेलिया, इजरायल, बहराइन, संयुक्त अरब इमिरेट्स, कुवेत, न्युजिल्याण्ड, कतार, संयुक्त अधिराज्य (युनाइटेड किंगडम), ओमान, सिङ्गापुर, संयुक्त राज्य अमेरिका, क्यानडा, जर्मनी, फिनल्याण्ड, बेल्जियम, मलेशिया,सेशेल्स लगायतका देशमा यी वस्तु निकासी हुने गरेको विभागको तथ्यांकले देखाएको छ ।  ८ महीनामा कुन देशमा कति निर्यात ? देश  परिमाण (किलोग्राममा)   मूल्य (रु हजारमा)  भुटान   91,583  43,199 इटाली   33,806   17,937 भारत   29,266   16,781 अस्ट्रेलिया   30,566  16,085 इजरायल    6,228   5,897 बहराइन   2,807    2,326 संयुक्त अरब इमिरेट्स     2,607    2,137 कुवेत    2,061    1,360 न्युजिल्याण्ड    1,363   1,343 कतार    2,138   1,272 संयुक्त अधिराज्य    2,274    1,271 ओमान    1,776    1,122 सिङ्गापुर    1,680    803 संयुक्त राज्य अमेरिका      722    684 क्यानडा    1,136     603 जर्मनी     420    292 फिनल्याण्ड     462     275 बेल्जियम     436     223 मलेसिया     318     173 सेशेल्स      47     27 स्रोत : भन्सार विभाग ।

सम्बन्धित सामग्री