प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ– एमिकस क्युरीको राय सुन्दै न्यायाधीश

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा एमिकस क्युरीका सदस्यले बोल्न शुरू गरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको इजलासमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गरेपछि अहिले एमीकस क्युरीका सदस्यहरूले बोल्न थालेका हुन् ।  शुरूमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बोलिरहेका छन् ।  उनले न्यायाधीशको संख्या बढाएर यही इजलासमा सुनुवाइ गर्न सकिने सुझाव दिएका छन् । यसअघिको बहसमा सरकारी पक्षले संवैधानिक इजलासमै सुनुवाइ गर्...