दैलेखमा सकेट बम फेला

दैलेख, २५ बैशाख । दैलेखको आठबीस नगरपालिकामा सकेट बम फेला परेको छ । बम भेटिएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । त्यस्तै, सेनाको बम डिस्पोजल टोली पनि पुगेर बम निस्क्रिय गर्न प्रयास गरिरहेको छ। बारीमा खनजोतको क्रममा उक्त बम भेटिएको जनाइएको छ । बम धेरै पुरानो भएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

दैलेखमा सकेट बम फेला

दैलेख : दैलेखको आठबिस नगरपालिका–६ रोलमा सकेट फेला परेको छ। आज (आइतबार) दिउँसो २ तिर बजे उक्त बम फेला परेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।स्थानीय बासिन्दाले बारी खनजोत गर्ने क्रममा सकेट बम फेला परेको जानकारी दिएपछि बम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पुगेर बमलाई डिस्पोजल गरिएको प्रहरी प्रमुख शाहले बताए।द्वन्द्वका वेला उक्त ठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो। तत्कालीन समयमा जमिनमुनि लुकाइएको बम अह

दैलेखको आठबीसमा सकेट बम भेटियो

दैलेख । दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् । उनले भने, ‘पहिला […]

पूर्वी रुकुममा ठूलो परिमाणमा बम भेटियो

पूर्वी रूकुमको सिस्ने गाउँपालिका २ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ।

अपडेट : सेनाले सुरक्षित डिस्पोज गर्यो १० वटै सकेट बम

रुकुम (पूर्व) : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जंगलमा फेला पारिएको सकेट बम डिस्पोज गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएको सकेट बम शुक्रबार आज दिउँसो नेपाली सेनाले डिस्पोज गरेको हो। रुकुम सिस्नेको जङ्गलमा दर्जन बढी सकेट बम फेलाड्रमबाहिर दुई वटा र ड्रमभित्र आठवटा गरी करिब १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। बिहीबार (हिजो) दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले

रुकुम पूर्वकाे ओढारमा भेटियाे द्वन्द्वकालीन सकेट बम

दाङ – रुकुम पूर्वको सिस्ने गाउँपालिका- २ मा सकेट बम फेला परेको छ। वुर्किसल्लामा एक दर्जन बढी सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। गोठालो गएका स्थानीयले बिहीबार दिउँसो बम फेला पारेको उनले जानकारी दिए। ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा बम फेला परेको हाे। उक्त बम द्वन्द्वकालमा लुकाएको हुनसक्ने अनुमान गरिएको छ। […]

रुकुम पूर्वको जङ्गलमा भेटिए एक दर्जन बढी सकेट बम

काठमाडौँ । रुकुम पूर्वको एक जङ्गलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जङ्गलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो । जिल्ला […]

रुकुममा करिब एक दर्जन सकेट बम फेला, सेनाको टोलीले डिस्पोज गर्दै

पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को  बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२  का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले  प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको क

रुकुम सिस्नेको जङ्गलमा दर्जन बढी सकेट बम फेला

रुकुम (पूर्व) : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम फेला परेको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो।बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए। वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि प्रहरी टोली उक्त बमको निगरानीमा खटिएको वडाध्यक्ष  जीवन केसीले बताए। १० वर्षे सशस्त्र जनयुद्ध क्रममा लुकाइ राखेको बमका सकेट हुन सक्ने वडाध्यक्ष केसीले जानकारी

रुकुम पूर्वको बुर्केसल्ला जङ्गलमा दर्जन बढी सकेट बम भेटियो : डिस्पोज गर्ने तयारी

रुकुम पूर्व - रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम भेटिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । वडाध्यक्ष जीवन केसीका अनुसार हिजो दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि टोली खटिएको थियो । जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै ...

रुकुम पश्चिममा फेला परेको सकेट बम निष्क्रिय गरियो

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मङ्गलवार बिहान फेला परेको सकेट बम निष्क्रिय (डिस्फोेज) गरिएको छ ।  स्थानीयवासी खेमबहादुर सुनारले खेतमा खन्ने क्रममा प्लास्टिकले बेरेको तार जडान गरेको अवस्थामा सकेट बम फेला परेको थियो । आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको  संयुक्त टोलीद्वारा बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण (ख) गुल्म बोहर...