१८ महिने बालिकाको बलात्कार र हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

 काठमाडौं : मोरङमा बलात्कारपछि हत्या गरिएकी १८ महिने बालिकाको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। श्रीमती संगठन नामक फेसबुक समूहले आयोजना गरेको प्रदर्शनमा विभिन्न पेशा व्यवसायमा रहेका महिलाहरूले न्यायको पक्षमा नाराबाजी गरेका थिए।मोरङको सुन्दरहरैँचा–७ गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या भएको थियो। नशामा लट्ठ दुई युवाले शुक्रबार साँझ ती बालिकाको बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले सिसाको बोतल र ढुङ्गा प्रहार गरी बालिकाको हत्याको प्रयास गरेक