काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको दाबी गर्नुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद खनालले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लिन्न भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रश्न गर्नुभयो । उहाँले देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । सांसद खनालले एसपीपीको बारेमा अमेरिकालाई पत्र तत्काल लेखेर नागरिकको भावन...