दराजमा दशैं धमाका

काठमाडौं (अस) । अनलाइन बजार दराजले वार्षिकोत्सव अभियानमा दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ । असोज १० देखि सुरु भएको यो अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनमा छुट पाउने कम्पनीले बताएको छ । अभियानको मुख्य आकर्षणमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत छुट, ५ हजार रुपैयाँसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेका छन् । दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकलाई हरेक दिन भौचर जित्ने मौका मिल्नेछ । अभियानको अन्य हाइलाइट  रस आवर, इमेज रिभ्यू एन्ड विन, नयाँ प्रयोगकर्ताका लागि भौचर, खेल क्षेत्र, फलो एन्ड विन, बिक्रेता र फटाफट डिल रहेका छन् । कार्ड प्रि–पेमेन्ट छुटमा ग्राहकले डेबिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ छुट र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत अधिकतम २ हजार ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन् । नबिल, एनआईसी एशिया, सानिमा, ग्लोबल आईएमई, एनएमबी, माछापुच्छे«, बीओके र सिटिजन्स बैंकका ग्राहकले माथि उल्लिखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकले एनआईसी एशिया, सन्राइज, सिटिजन्स बैंक र माछापुच्छ«े बैंकका क्रेडिट कार्डबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । आईएमई पे वा ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकले २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्रमुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्युरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सक्नेछन् । कम्पनीले दशैं धमाकामा सामसुङदेखि एप्पल फोनमा विशेष छुट दिइने कम्पनीले जनाएको छ । दशैं धमाकामा एमआई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, फ्यानटेक, सामसुङ र रियल मीजस्ता पार्टनर ब्रान्डले ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरेको कम्पनीले बताएको छ । ग्राहकले दराजको ग्लोबल कलेक्सनमार्फत भारतीय ब्रान्ड उस्त्र, इनविभ, आयिषा, जनास्याको उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

सम्बन्धित सामग्री

सानिमा बैंकका ग्राहकले दशैँमा दराजमा विशेष छुट पाउने

काठमाडौं, ३० भदौ । सानिमा बैंकले अनलाइन शपिङ प्लेटफर्म दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा बैंकले ग्राहकका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको हो । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त […]

नबिल बैंकका ग्राहकले दराजमा दशैँमा आकर्षक छुट पाउने

काठमाडौं, २० भदौ । नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी आगामी भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत […]

दशैंमा वित्तीय क्षेत्रका अफर : क्यासब्याकदेखि नगद छूटसम्म

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी नेपालको वित्तीय क्षेत्रले पनि ग्राहक लक्षित विभिन्न अफर ल्याएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था र रेमिट्यान्स कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका हुन् । विशेषगरी बैंकहरूले विभिन्न व्यापारिक संस्थासँगको सहकार्यमा किनमेलमा गर्ने भुक्तानीमा छूट दिने अफर ल्याएका छन् । नबिल बैंकले ‘दशैं धमाका अफर’ ल्याएको छ । त्यसअन्तर्गत नबिलको डेबिट तथा क्रेडिट कार्ड अनलाइन शपिङ प्लेटफर्महरू बिगमार्ट, दराज र किरानामा प्रयोग गर्दा क्यासब्याक पाइने व्यवस्था गरिएको छ । ग्राहकले बिगमार्टमा १० प्रतिशत छूट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । किरानामा १५ प्रतिशत छूट वा १ हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिने बताइएको छ । यसैगरी दराजमा भने हरेक शुक्रवार १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छूट पाउन सकिने जानकारी बैंकले दिएको छ । सानिमा बैंकले पनि ‘दशैं धमाका’ योजना ल्याएको छ । बैंकले अनलाइन शपिङ पोर्टल दराजबाट सामान खरीद गर्दा छूट दिने योजना ल्याएको हो । डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई यस्तो सुविधा दिइने बैंकले बताएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट पाउनेछन् । यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजार ५०० सम्मको छूट प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले दशैंको अवसरमा पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । चाडपर्वको अवसरमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर बैंकले ल्याएको हो । यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ, सो बराबरको रकम ग्राहकले फिर्ता पाउँछन् । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ सञ्चालनमा ल्याएको छ, जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ गतेदेखि शुरू भएको यो योजना कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । क्विज बजमा दैनिक सहभागी भई सही जवाफ दिने एकजनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने प्रत्येक दिन चारजनाले ५०० रुपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्ने कम्पनीले बताएको छ । यसैगरी, कुमारी बैंकले डेबिट र क्रेडिट कार्डका ग्राहकलाई विशेष छूट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई धूलिखेलको आगन्तुक रिसोर्टमा छूटको दिने अफर ल्याएको छ । त्यहाँ ग्राहकलाई बसाइ र खानामा विशेष छूट दिइने बताइएको छ । यस्तै, बैंकले आफ्नो एटीएम कार्डप्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा पनि ल्याएको छ । दशैंको अवसरमा अन्य बैंक तथा वित्तीयहरूले विभिन्न अफर ल्याएका छन् । त्यसले व्यवसायमा सहयोग पनि पुगेको बैंकरहरू बताउँछन् । यसैगरी भुक्तानी सेवा प्रदायक संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आईपीएस मोबाइल एपमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड निःशुल्क गरेको छ । बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने बताइएको छ । असोज २० गतेदेखि शुरू भएको यो अफर कात्तिक २५ गतेसम्म कायम रहनेछ । ई–सेवाले पनि दशैं, तिहारलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । घटस्थापनादेखि शुरू भएको सो अफर असोज ३१ गतेसम्म चल्नेछ । यस अवधिमा ई–सेवाबाट कुनै पनि बैंक खातामा निःशुल्क रूपमा रकम ट्रान्सफर गर्न सकिनेछ । बम्परमा एकजनाले एउटा स्कुटर पाउने बताइएको छ । यस्तै साप्ताहिक रूपमा एकजना विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् भने मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले ‘दशैंको झट्का’ स्कीम ल्याएको छ । यस अन्तर्गत अन्तर्गत आईएमई पे वालेटबाट हवाई टिकट खरीद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइनेछ । दशैंलाई लक्षित गरेर भुक्तानी सेवा प्रदायक अन्य कम्पनीले पनि विभिन्न अफर ल्याएका छन् । रेमिट्यान्सतर्फ आईएमई ले ‘डबलको डबलको डबल अफर’ ल्याएको छ । असोज १ गतेदेखि शुरू भएको यो अफर कात्तिक २६ गतेसम्म लागू हुन्छ । उक्त अफरमा विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिने बताइएको छ । साथै, हरेक हप्ता दुईजनालाई पठाएको रकमको दुई गुणा, हरेक महीना पठाएको रकमको ४ गुणा बराबरको पुरस्कार दिइने कम्पनीले बताएको छ । यस्तै, रेमिट्यान्स आईएमई–पेमा प्राप्त गरेमा २०० रुपैयाँ थप बोनस पाइने व्यवस्था पनि छ । क्यापिटलतर्फ कुमारी क्यापिटललले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना ल्याएको छ । हितग्राही खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । यसमा सरकारको ‘एक नेपाली : एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । प्रभु क्यापिटलले पनि दशैं लक्षित ‘डबल धमाका’ अफर ल्याएको छ । यो योजनामा १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालीम पनि प्रदान गरिने क्यापिटलले जानकारी दिएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यशाली १० जना ग्राहकलाई यो योजना अन्तर्गत विजेता छनोट गरिनेछ । दैनिक विजेताको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने बताइएको छ । यसरी छनौट भएका ग्राहकले खाता खोलिसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी रकम ग्राहकको बालेटमा फिर्ता गरिने क्यापिटलले जानकारी दिएको छ ।

नबिल बैंकको नबिल दशैं धमाका

काठमाडौं (अस) नबिल बैंकले दशैं पर्व अवसरमा नबिल दशैं धमाका अफर ल्याएको छ । अफरअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बिग मार्ट, दराज र किराना पसलमा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । अफरअनुसार ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यस्तै, किरानामा १५ प्रतिशत छुट वा अधिकतम १ हजार ५०० सम्म क्यासब्याक पाउन सक्नेछन् । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सकिनेछ । अफरको लाभ लिन डेबिट अथवा क्रेडिट कार्ड आवश्यक पर्ने हुँदा पायक पर्ने शाखामा गई खाता खोलेर डेबिट, क्रेडिट कार्ड लिन बैंकले आग्रह गरेको छ । हाल बैंकले १३५ शाखा, १८५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

दराजको दशैं अफर: निःशुल्क सिपिङ, सामान किन्दा ७० प्रतिशतसम्म छुट

नेपालको अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको कम्पनीले जनाएको छ ।यस अभियानन अन्तर्गत डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्ने छन्।  कम्पनीका अनुसार दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् ः २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ । यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको र रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ ।  ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।  कम्पनीका अनुसार दशैँ धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्।  ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ।

दराज सहयात्री कार्यक्रम पुनः सुरु

काठमाडौं । अनलाइन बजार दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । साना र मध्यम आकारका उद्यमहरूलाई समर्थन गर्न कम्पनीले यो कार्यक्रम गत वर्ष सुरु गरेको थियो । कम्पनीले पहिलोपटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तीन महिना दराज दशैं धमाका अभियानसम्म निःशुल्क रुपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्ने...