जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार टुंग्याएको छ ।
खुला समूहबाट मो. खालिद सिद्दिकी (सिरहा) लाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका नेता तथा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत मंगलवार उम्मेदवारी दर्ता हुँदैछ ।