श्रीलंका संकट : २६ जना मन्त्रीले दिए राजीनमा

चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन् । सोमबार श्रीलंकाका सबै २६ जना मन्त्रीले राजीनामा दिएको शिक्षामन्त्री दिनेश गुणवर्देनाले जानकारी दिएका छन् ।