ओली पक्षीय प्रेस संगठनले गर्‍यो दाहाललाई कारबाही (भेलाका तस्बिरहरु)

नेकपा विभाजित भएसँगै सो पार्टीसँग आस्था राख्ने प्रेस संगठन पनि विभाजित बनेको छ । संगठनको प्रधानमन्त्री केपी ओली पक्षले संयोजकबाट महेश्वर दाहाललाई हटाएको छ । दाहाल प्रचण्ड नेपाल पक्षका हुन् । बिहीबार राजधानीमा भएको भेलाबाट उनलाई कारबाही गर्दै गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि दाहालले पनि मंगलबार भेला राखेका थिए । सो भेलामा प्रचण्ड, माधव नेपाललगायतले सम्बोधन गरेका थिए भने आजको भेलामा ओलीलगायतले सम्बोधन गरेका थिए । आजको भेलाका तस्बिरहरु हेर्नुहोस्ः