आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक

आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानून व्यवसायी घाइते भएका थिए । त्यसपछि आन्दोलनको समीक्षा र भावी रणनीति तय गर्न बार आकस्मिक रूपमा छलफलमा जुटेको हो । दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्णयबारे जानकारी गराइने बार उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरलाई जानकारी दिइन् ।

सम्बन्धित सामग्री

प्रहरीको बल प्रयोगबारे छलफल गर्न नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ । नेपाल बारले आज (बिहीबार) सर्वोच्च प्राङ्गणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्वोच्च अदालत बार […]

प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक

काठमाडौँ । बिहीबार सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका […]

प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक बस्दै

नेपाल बार एसोसियसनको आकस्मिक बैठक बस्दै छ। बारको जारी धर्नामा प्रहरीले बल प्रयोग गरेपछि आकस्मिक बैठक बस्न लागिएको बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए। प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष...