पर्साको पकाहामैनपुर गाउँपालिकाका वडाअध्यक्ष खैरो हेरोइनसहित पक्राउ

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–१ का अध्यक्षलाई प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित पक्राउ गरेको छ । वडाअध्यक्ष अमेरिका सहनीलाई खैरो हेरोइनसहित गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए । वडा अध्यक्षसँगै पकाहामैनपुर–१ का वडा सदस्य ४० वर्षीय बलिष्टर सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति उनीहरु लागु औषध ‘खैरो हेरोइन’ लिएर वीरगञ्ज महानगरपालिका–१९ बाट पकाहामैनपुरतिर जाँदै थिए । दुईजना जनप