केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन माग

नेपाली काँग्रेसले केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसमक्ष माग गरेको छ।  काँग्रेसले आइतबार विज्ञप्तिमार्फत कोरोना कारण बन्द गरिए पनि अहिलेको अवस्था सहज भइसकेकाले तत्काल व्यापारिक नाका केरुङ खोल्नका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो।   काँग्रेसले विज्ञप्तिमार्फत चिनको वुहानबाट कोरोना भाइरसको सङ†क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता भए पनि अब खुलाउने पहल गर्न सरकारसँग माग गरेको छ। &...