बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले बुधबार सूचना प्रकाशित गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको जनाएको छ। स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि बिहीबार र शुक्रबार बिदा दिइएको हो।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार ती दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण