काठमाडौं– राजावादी आन्दोलनकारी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आगजनी गरेका छन् । आन्दोलनकारी समूहले विमानस्थलको नजिकै रहेको नेपाल आयल निगमको डिपो नजिकै आगजनी गरेका हुन् । निगमको डिपो सुरक्षित रहेको तर, दमकल भने सतर्क अवस्थामा राखिएको डिपोका अधिकारीले जनाएका छन् ।
शुक्रबार (आज) राजावादीहरूले काठमाडौंको तीनकुनेमा गणतन्त्रविरुद्ध प्रदर्शन गरेका छन्। सुरुमै हिंसात्मक बनेको प्रदर्शनका क्रममा केही गाडी जलाइए, केही मान्छे घाइते भए भने केही घरमा समेत आगजानी भए।
काठमाडौं– कोटेश्वरमा रहेको जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएका छन् । बिहानैदेखि अराजक बन्दै गएका राजावादी आन्दोलनकारीहरूले जडीबुटी उद्योगमा पनि आगजनी गरेका हुन् । राजावादी आन्दोलनकारीले गरेको आगजनीबाट उद्योग परिसरमा रहेका आधा दर्जन बढी सवारी साधन जलेका छन् । उद्योगमा लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन ।