खुला क्षेत्र घटाउने मापदण्ड संशोधन गर्न संसदीय निर्देशन

बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड पुनः संशोधन गर्न प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । बिनातयारी काठमाडौं उपत्यकाको खुला क्षेत्र घटाउनेगरी दोस्रो पटक संशोधन गरिएको मापदण्ड पुनः संशोधन गर्न समितिले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।