अमेरिकाद्वारा सेनालाई ४ अर्बका ४ कार्गो जहाज

अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काई ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काई ट्रक अनुदान सहायतास्वरूप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ ।