सबैभन्दा बढी खोप बागमतीमा, कम कर्णाली प्रदेशमा

सात प्रदेशमध्ये बागमती प्रदेश सबैभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउने प्रदेशको रूपमा रहेको छ । जनसंख्या र जोखिम बढी रहेका कारण बागमती प्रदेशमा सबैभन्दा बढी खोप लगाइएको सरकारले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ५७ प्रतिशतले पूर्णमात्राको खोप लगाएको जनाएको छ । यसैगरी बागमती प्रदेशमा खोप अभियानको प्राथमिकतामा परेकामध्ये ६६.५ […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश : १० लाख बढीले लगाए कोरोना खोप

कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ ।तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले पछिल्लो समय नागरिकले कोरोना खोपप्रति चासो नदिँदा बुस्टर डोज लक्ष्यअनुसार दिन नसकिएको बताए । “खोप पालिकास्तरमै पठाइएको छ, तर ना

कर्णाली प्रदेशमा १० लाख बढीले लगाए कोरोना खोप

सुर्खेत– कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ । तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको […]

कोरोनाविरुद्धको दोस्रो डोज २६ प्रतिशतलाई

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउनेको संख्या पहिलोको भन्दा न्यून रहेको पाइएको छ।...

नेपालमा कुन प्रदेशमा कति जनाले लगाए कोरोना खोप?

काठमाडौं। नेपालमा हालसम्म कोरोना पहिलो र दोस्रो गरी कुल३३ लाख६२ हजार५०१ डोज खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये प्रदेश–१मा चारलाख३२ हजार१५७, प्रदेश–२मा चारलाख३८ हजार१६१, बागमतीमा १३ लाख३९ हजार६३४, गण्डकी प्रदेशमा दुईलाख ७० हजार ३६३, लुम्बिनी प्रदेशमा चारलाख३७ हजार ९६४, कर्णाली प्रदेशमा एकलाख ५९ हजार१६१ र सुदूरपश्चि प्रदेशमा दुईलाख ८५ हजार ६१ डोज खोप लगाइएको छ।

कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

कर्णाली। कर्णाली प्रदेशमा कोभिड—१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ। चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो। सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ। सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। रासस

कोरोनाविरुद्धको खोप : ‘साइड इफेक्ट’ देखिन थाल्यो

नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले बताए ।  त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ । यस

सुर्खेतमा दुई सय ९८ जनाले लगाए कोरोना खोप, एक जनामा स्वास्थ्य समस्या

कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एक जनामा गम्भीर असर (अवान्छित) देखिएको छ । प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये एक जनामा गम्भीर असर देखिएको हो

कर्णालीका १० ओटै जिल्लामा कोरोना खोप लगाउन सुरु

१४ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । कर्णाली प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डम्मर खड्कालगायत तीनजना डाक्टरहरुले खोप लगाएर अभियान सुरु भएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एंव बाल रोग विशेषज्ञ डाक्टर […]

कर्णाली आइपुग्यो ११ हजार ७८० जनालाई पुग्ने कोरोनाको खोप

कर्णाली प्रदेशमा पहिलो चरणमा लगाउने तयारी गरिएको कोरोना विरुद्धको खोप सोमबार आइपुगेको छ।

कर्णालीमा साढे ११ हजार कोराना विरूद्धको खोप

११ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पहिलो चरणमा साढे ११ हजार जनालाई कोराना विरूद्धको खोप लगाइने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप आइतबार प्रदेशमा पुग्ने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । पहिलो चरणमा ११ हजार ७८० जना फ्रन्टलाइनर्सलाई कोरोनाविरूद्धको खोप लगाउने गरी खोप प्रस्ताव गरिएको स्वास्थ्य […]