जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने

बुधबार धनुषामा जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ ।  सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ ।  एक विज्ञप्ति जारी गर्दै मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दिपनारायण यादवले जनाएका हुन् । सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो ।