प्रधानमन्त्रीलाई कांग्रेसकाे जवाफ : ‘अहिले नै सरकारलाई समर्थन गर्न सकिँदैन’

काठमाण्डौ – नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै समर्थन गर्न नसकिने स्पष्ट गरेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको तर आफूहरूले अहिलेकै अवस्थामा विश्वासकाे मत दिन नसकिने स्पष्ट पारेको नेता महतले बताउनुभयो । लोकतान्त्रिक मूल्य र मान्यताको विषय व्यवहारमा...