जग्गाको कित्ताकाट फुकुवा हुने

काठमाडौं । आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट खुला हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षबाट यो निर्णय लागू हुने बताए । कित्ताकाटको निर्णयले निर्णयले घर जग्गा कारोबार चलायमान हुने सरकारको अपेक्षा छ ।

सम्बन्धित सामग्री

अब जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुला गरेको हो । राजस्व बढ्ने र अर्थतन्त्र लयमा फर्किने अपेक्षा यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार जग्गाको कित्ताकाटसम्बन्धी […] The post अब जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फुकेन कित्ताकाटको गाँठो

६ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट वक्तव्यमा भनिएको छ, ‘केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिनेछ । यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास लिएको छु ।’ यो घोषणापछि धेरैलाई लागेको थियो, अब सबैतिर जग्गाको कित्ताकाट खुलिहाल्ला । तर, वास्तविकतामा त्यस्तो भएन । तर, […]

घरजग्गाको कारोबार विस्तार गर्न कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।  सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए ।  उनका अनुसार जग्गाको कित्ताकाट ...

जग्गाको कित्ताकाट फुकुवा

सरकारले केही समयदेख रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

जग्गाको कित्ताकाट फुकुवा गरिने

काठमाडौं । सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताउनुभएको हो । उहाँले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताउनु भयो । अर्थमन्त्री […]

काठमाण्डूमा कहाँ र कस्ता जग्गाको कित्ताकाट खोल्ने प्रस्ताव गरिएको हो ?

सहरी विकास मन्त्रालयले काठमाण्ठू उपत्यकाका विभिन्न क्षेत्रका ४४,००० रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लाने जनाएपछि त्यसबारे चासो व्यक्त भएको छ।कतिपयलाई अब उपत्यकामा सबैका लागि कित्ताकाट खुल्न लागेको हो भए पनि अधिकारीहरूले चाहिँ त्यो 'सीमित व्यक्तिका लागि मात्र हुने' बताएका छन्।सरकारले कृषियोग्य भूमि खण्डीकरण रोक्ने भन्दै २०७४ सालदेखि देशैभरि जग्गाको कित्ताकाट रोकेको थियो। पछि केही कम्पनीलाई कित्ताकाट गर्न दिने निर्णय हुँदा त्यो विवादित बनेको थियो।सर्वोच्च अदालतले कानुन बनाएर कित्ताकाट खुला गर्न आदेश दिइसकेको भए पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन।कित्ताकाट खुला नहुँदा घरजग्गाको अस्वाभाविक मूल्यवृद्धि भएको जानकारहरू बताउँछन्। यद्यपि विभिन्न उपायबाट कित्ताकाट गरेर खेतीयोग्य जमिन खण्डीकरण गर्ने कार्य नरोकिएको गुनासो गर्नेहरू धेरै छन्।मन्त्रालयको प्रस्तावसहरी विकासमन्त्री अध्यक्ष रहने काठमाण्ठू उपत्यका भौतिक विकास समितिको बिहीवारको बैठकले ४४,००० रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको अधिकारीहरूले बताएका छन्।उक्त समितिका एक सदस्य एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले उक्त निर्णय भएको जानकारी दिए।उनले भने, 'बैठकले उक्त प्रस्तावलाई मन्त्रिपरिषद्‌मा पेस गर्ने भन्ने निर्णय गरेको छ।'अधिकारीका अनुसार काठमाण्डू उपत्यका विकास प्राधिकरणले विकास गर्ने तय भएको नयाँ नगर क्षेत्रको जग्गाको कित्ताकाट फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् पठाउने निर्णय भएको हो।तर त्यसमा नयाँ नगर विकास योजना लागु भएका सबै क्षेत्र नसमेटिएको र केही स्थानमा मात्र कित्ताकाट फुकुवाको प्रस्ताव गरिएको उनीहरूको भनाइ छ।प्राधिकरणले उपत्यकाभित्र चार स्थानमा त्यस्ता नयाँ नगर विकासको योजना अघि बढाएको छ। त्यस्ता योजनामा काठमाण्ठू ईशान, काठमाण्डू आग्नेय, काठमाण्ठू नैऋत्य र काठमाण्डू उत्तर रहेका छन्।तीमध्ये काठमाण्ठू ईशान योजनाअन्तर्गत कुल एक लाख रोपनी जग्गा कित्ताकाट रोक्का गरिएको थियो। उक्त आयोजना क्षेत्रमा पर्ने ४४ हजार रोपनीलाई कित्ताकाट फुकुवाको प्रस्ताव अघि बढाइएको प्राधिकरणले जनाएको छ।कहाँकहाँ फुकुवा हुनसक्छ?मन्त्रालयले अघि बढाएको प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएमा कागेश्वरी मनहरा, शङ्करापुर, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाका विभिन्न क्षेत्रमा रोकिएको कित्ताकाट खुला हुनेछ।'यो सबैका लागि कित्ताकाट फुकुवा होइन, हाम्रो ईशान आयोजनाको एक लाख रोपनीमध्ये ४४,००० रोपनीको मात्र कित्ताकाट खुला भएको हो,' प्राधिकरणका सूचना अधिकारी सौरब ढकालले भने।'अब कित्ताकाट फुकुवा भएमा त्यस क्षेत्रका जग्गाधनीले कित्ताकाट गर्न पाउनुहुनेछ।'तर त्यसका लागि जग्गाधनीले प्राधिकरणमा आएर आफ्नो जग्गा कित्ताकाट फुकुवा भएको हो भनी प्रमाणीकरण गराउनुपर्ने हुन्छ।'अहिले प्रस्ताव नै पारित नभइसकेकाले कसरी त्यसको व्यवस्था मिलाउने भन्ने निर्णय भइसकेको छैन,' ढकालले भने।पहिलेको निर्णयकाठमाण्डू उपत्यका भौतिक विकास समितिको २०७४ साल वैशाख २४ गते बसेको बैठकले उपत्यका भित्रका चार स्थानमा नयाँ नगर विकास गर्ने निर्णय गरेको थियो।सोही निर्णय अनुसार काठमाण्डू ईशान, काठमाण्डू आग्नेय, काठमाण्डू नैऋत्य र काठमाण्डू उत्तरमा जग्गा छुट्ट्याइएको थियो। काठमाण्डू ईशानका लागि एक लाख रोपनी र अन्य आयोजनाका लागि १०/१० हजार रोपनी जग्गा तोकिएको छ।त्यस बेला ती स्थानका 'चार किल्ला क्षेत्रभित्र जस्तोसुकै प्रकारको अचल सम्पत्ति प्राधिकरणको पूर्वस्वीकृतिबिना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने' निर्णय भएको थियो। सोही निर्णयानुसार हालसम्म उक्त क्षेत्रमा जग्गाको कित्ताकाट रोकिएको हो।प्राधिकरणले कसरी नयाँ नगर विकास गर्छ?प्राधिकरणले जग्गाको कित्ताकाट रोक्का राखेका क्षेत्रमा जग्गा एकीकरण गरी 'विभिन्न आय वर्गका' व्यक्तिहरूका लागि आवश्यक घडेरी विकास गर्ने योजना अघि सारेको छ।त्यस क्रममा कानुनको अधिनमा रही विभिन्न कित्ताहरूलाई एकीकरण गर्ने र भौतिक विकास गर्ने काम उसले गर्ने गर्छ।त्यसरी भौतिक विकास गर्दा लागेको खर्च विकसित घडेरी विक्री गरेर असुल गर्ने तथा बाँकी विकसित घडेरीहरू साबिककै जग्गाधनी वा मोहीहरूलाई समानुपातिक आधारमा फिर्ता दिने व्यवस्था गर्ने उसले जनाएको छ।त्यस्तो कार्यका लागि हाल ४४,००० रोपनी जग्गाको कित्ताकाट फुकुवा गरिरएको काठमाण्डू ईशान आयोजनाको कुल लागत दुई खर्ब ८६ अर्बभन्दा बढी हुने अनुमान गरिएको थियो।प्राधिकरणले विकास गर्ने नगर क्षेत्रमा सडक, खुला र हरित क्षेत्रलगायतको व्यवस्था हुने बताइएको छ।चवालीस हजार रोपनीको कित्ताकाट गर्न दिइए पनि बाँकी रहेको ५६,००० रोपनीमा काठमाण्डू ईशान आयोजना सञ्चालन हुने प्राधिकरणले जनाएको छ। -बिबिसीबाट

भ्रष्टाचार रोक्न जग्गाको कित्ताकाट फुकुवा : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले भ्रष्टाचार नियन्त्रण गर्न आफूले तत्कालका लागि जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिनु परेको बताएकी छन्। कानुनी आधार विनानै सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय लिएको भन्दै चर्को आलोचना भईरहेका बेला मन्त्री अर्यालले भ्रष्टाचार नियन्त्रण र जनताला...

जग्गाको कित्ताकाट फुकुवा

२७ पुस, काठमाडौं । सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन् । रोक्का गर्दा …