मुख्यमन्त्री राईले बैठक छल्दै हिउँदे अधिवेशनको अन्त्य गरे

काठमाडौँ । प्रदेश १ को हिउँदे अधिवेशनको अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि प्रदेशसभाको सातौँ चालु हिउँदे अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी बताएका छन् ।

सम्बन्धित सामग्री

गण्डकीमा ३ दिन चलेर अन्त्य भयो हिउँदे अधिवेशन

पोखरा । तीन दिन चलेर गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् । फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठक २० र २१ गते बसेको थियो । हिउँदे अधिवेशनमा प्रदेश सभाबाट आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक […]

संसदीय समिति नबन्दै बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेशको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । प्रदेशका मुख्यमन्त्री यादवचन्द्र शर्माले संविधानको धारा १८३ को उपधारा २ बामोजिम अधिवेशनको अन्त्य गरेका हुन् । यसअघि बुधबार दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेलेको...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

कास्की । गण्डकी प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाले बिजनेश नपाएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको सिफारिशमा बिहीवार अधिवेशनको अन्त्य भएको घोषणा गरेका हुन् । बुधवार प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरे पनि सरकारको सिफारिशमा बिहीवार चालू अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा उल्लेख छ । गण्डकीको प्रदेशसभाबाट चालू अधिवेशनमा चार विधेयक र दुई अध्यादेश पारित भएका छन् । यस अधिवेशनमा १६ ओटा बैठक बसेका छन् । प्रदेशसभाले विनियोजन ऐेन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । त्यस्तै गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत पारित भएका छन् ।

१३ दिनमै सुदूरपश्चिमको अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । अधिवेशन सुरु भएको १३ दिनमै हिउँदे अधिवेशनको अन्त्य गरिएको हो । चैत १३ गतेबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा जम्मा पाँच वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । कानुन अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित भएको सचिवालयले जनाएको छ । […]

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न सरकारलाई झक्झकाएका छन् । हिउँदे अधिवेशन अवधिमा १२ पटकमात्रै बैठक बसेको छ । सो बैठकमा प्रदेश सरकारले एउटा विधेयक पठाएको छ । प्रदेश सरकारले संसदमा […]

हिउँदे अधिवेशनका लागि सुदूरपश्चिम प्रदेशसभालाई छैन पर्याप्त बिजनेस

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी हिउँदे अधिवेशन अनिश्चित बनेको छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने हिउँदे अधिवेशनका लागि अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् । वजेट अधिवेशनको अन्त्य हुनुभन्दा अघि नै दर्ता भएका चार वटा विधेयक विचाराधीन छन् । त्यसयता वजेट अधिवेशन अन्त्य हुँदा कुनै पनि विधेयक दर्ता नभएको प्रदेश सभा सचिवालयले […]

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजैबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य भएको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेपछि अधिवेशनको अन्त्य गरिएको हो । पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो। राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छः ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो । ‘संविधानको धारा ७६ को १ अनुसारको यो सरकार हो २, ३, ४, ५ विकल्पमा आएन, सिद्धियो’, ओलीले भन्नुभयो, ‘अब ७ ले सरकार रहने अवस्था नरहँदा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गर्नेछ। त्यसअनुसार नै भएको छ, संविधानसम्मत कसरी भएन ?’ उहाँले अस्थिरतका लागि प्रतिनिधि सभा पुनःस्थापना नहुने बताए। ‘प्रतिनिधि सभा पुनःस्थापना कसरी हुन्छरु केका लागि हुन्छ। कुन विकल्पका लागि हुन्छरु के देशमा अस्थिरता ल्याउनका लागिरु ६र६ महिनामा सरकार परिवर्तन गर्नका लागि ?’, उहाँले भन्नुभयो । संसद पुनःस्थापना हुन्छ भन्ने कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्रीले केही व्यक्तिले संविधानमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएको भन्दै संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आजको संसद बैठकमा सम्बोधन गर्ने, आजै हिउँदे अधिवेशनको अन्त्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । संघीय संसदको हिउँदे अधिवेशन आजै...

संघीय संसदको हिउँदै अधिवेशन आज अन्त्य हुने

काठमाडौं : संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ।  संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आइतबार बसेर हिउँदै अधिवेशनको अन्त्य हुन लागेको हो।  बिहान ११ बजेका लागि बोलाइएको  राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पारित गर्ने कार्यसूची छ।  बैठकमा सञ्चार तथा सूचना ...