काठमाण्डाैसहित उपत्यकामा चुनाव नसकिएसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो पालिकाको चुनावलाई ध्यान दिँदै जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आज मङ्गलवार राति १२ बजेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म जाँड–रक्सी बिक्री, वितरण र खान निषेध गरेका हुन् । जिल्लाका ६ वटै पालिकाका सुरक्षा निकायले पनि जाँड–रक्सी बिक्री वितरण र खानलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । जाँडरक्सी बिक्री गरेको, खाएकाे...