क्यानका महानिर्देशक अधिकारीसहितको हिरासत बसाइ लम्बियो

काठमाडौँ। नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलगायतविरुद्ध विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि आज (शुक्रबार) सुनुवाइ हुन नसक्दा आइतबारसम्म हिरासतमै रहने भएका छन्। पुर्पक्षको सुनुवाइपछि मात्रै अधिकारीलगायतलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्‌नेबारे निर्णय हुनेछ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, विदुर कोइरालाको इजलासमा पेसी तोकिएको थियो। तर उच्च अदालतमा हुँदा […]