नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमा अध्यक्ष प्रचण्डले शान्ति सम्झौता यता पार्टीबाट हुन गएका वैचारिक–राजनीतिकका साथै सांगठनिक र व्यवहारिक कमजोरी समीक्षा गरेका छन् । ‘सर्वहारा वर्गको क्रान्तिकारी पार्टी आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापूर्वक अगाडि राख्न डराउँदैन’ भन्ने लेनिनको भनाइलाई उद्धृत गर्द