काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आज आइतवार अन्तिम चरणका खेल हुँदैछन् । यो सिजनको अन्तिम चरणका सबै १० वटै खेल आज हुन लागेका हुन् ।
अहिलेसम्म विजेता, च्याम्पियन्स लिग खेल्ने टाेली र रेलिगेशनमा जाने टिमको समेत अन्तिम टुङ्गो नलागेकोले आजका खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । ९० अङ्क रहेको म्यानचेस्टर सिटीले उपाधि जित्छ या ८९ अङ्क रहेको लिभरपुलले जित्छ भन्ने आजै टुङ्गो लाग्नेछ ।
यस्तै टोटनह्याम र आर्सनलमध्ये कुन टिमले आउँदो सिजनको यूईएफए च्याम्पियनशिप खेल्न पाउनेछन् भन्ने पनि आजै छिनो...